नेभिगेसन मेनु

दक्षिण कोरियामा लडाकू विमानले झुक्किएर खसाए आफ्नै नागरिकमाथि आठ बम, सात जना घाइते
सम्पादक:南亚网络电视
समय:2025-03-07 13:01

southkorea

एस् ए टी भी २३ फाल्गुन, काठमाडौँ: दक्षिण कोरियाको वायु सेनानका दुईवटा लडाकू विमानले सैन्य अभ्यासका क्रममा आफ्नै नागरिकमाथि बम खसाएका छन् । 

उक्त घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।

विमानबाट खसेका आठमध्ये एक बम पड्किएको बताइएको छ । पोचियोनका अधिकारीले बीबीसीसँग कुरा गर्दै बम निरोधक दल अन्य सातवटा बमलाई सुरक्षित तरिकाले नष्ट गर्न जुटिरहेको जानकारी दिएका छन् ।दक्षिण कोरियाली वायु सेनाका केएफ–१६ विमानबाट स्थानीय समयअनुसार १० बजेर ४ मिनेटमा उत्तर कोरियाको सीमा क्षेत्रको पोचियोन शहरमा उक्त बम झुक्किएर खसालिएको बताइएको छ ।

उक्त क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिँदैछ । स्थानीय मिडिया रिपोर्ट्सका अनुसार दुई जनाको गर्धन र काँध फ्र्याक्चर भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर