
एस ए टि भी, काठमाडौँ। दसैँको बेला सुनसान रहेको काठमाडौँले बिस्तारै आफ्नो लयमा लिदै छ। उपत्यका बाहिर थातथलो भई काठमाडौँलाई आफ्नो कर्मथलो बनाउनेहरू दसैँ मनाएर फर्किन लागेका छन्। बडादसैँको बिदा सकिएसँगै मङ्गलवारदेखि कार्यालयहरू समेत खुलेका छन्। काठमाडौँ भित्रिने प्रमुख नाकाहरू तथा विमानस्थलमा मानिसहरूको उल्लेख्य भिड देखिन थालेको छ। सडकमा सवारीसाधनको सङ्ख्या बढेको छ।








