नेभिगेसन मेनु

रुसमा थप दुई नेपालीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-13 13:09

russian-1718245361

काठमाडौं- रुसी सेनामा भर्ना भएकामध्ये थप दुई नेपालीको मृत्यु भएको छ । रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । योसँगै रुस-युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या २५ पुगेको छ ।

यस्तै युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको छ । बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछानेको अवस्था अझै थाहा हुन नसकेको हो । 

सरकारले निरन्तर प्रयास गरे पनि रुसी सेनामा भर्ना भएका नेपाली फिर्ता ल्याउन सकेको छैन भने त्यहाँ कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्याङक रुसी सरकारले नेपाललाई दिएको छैन । नेपाल सरकारले पटक-पटक आग्रह गर्दा पनि रुसले नेपाललाई जवाफ दिन आनाकानी गर्दै आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर