नेभिगेसन मेनु

चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्तो
सम्पादक:南亚网络电视
समय:2024-06-05 12:00

chinese-tourit-e1681368509598

जेठ २३ गते । होटल सङ्घ नेपाल (हान) ले चिनियाँ पर्यटक भित्र्याउन र चिनियाँ पर्यटन व्यवसायीबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनको राजधानी बेइजिङमा नेपाल पवर्धनात्मक कार्यक्रमको आयोजना गरेको छ । 

बेइजिङस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्नुभएको छ । हानका महासचिव तथा प्रवक्ता साजन शाक्यका अनुसार नेपाल आउने पर्यटकको दोस्रो ठुलो बजार चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित पवर्धनात्मक कार्यक्रम आयोजना गरिएको हो ।

उहाँले भन्नुभयो, “नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीसँगको सहकार्य फलदायी हुने अपेक्षासहित हानको टोलीले बेइजिङ र छेन्दुमा प्रर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिरहेको हो ।”

बेइजिङमा आयोजना गरिएको कार्यक्रममा हानका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलब्ध सुविधाबारे जानकारी दिँदै नेपाल चीन सम्बन्ध र पर्यटन, नेपालका रैथाने परिकारबारे जानकारी दिएको उहाँले बताउनुभयो ।

कार्यक्रमले चीनका पर्यटन व्यवसायीबिच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिएको उहाँको भनाइ छ । उक्त कार्यक्रममा नेपाली भूमिबाट सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको छ । हानका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलले चाइना होटल सङ्घसँग दुईपक्षीय पर्यटन प्रवर्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर