नेभिगेसन मेनु

माल्दिभ्सका पूर्व राष्ट्रपति आइपुगे, भारतीय प्रधानन्यायाधीश आज, जापानी विदेशमन्त्री पर्सि आउँदै
सम्पादक:南亚网络电视
समय:2024-05-03 12:05

438102065_1427118627937812_3901250514835027490_n_bOJ1Yl0gPm

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद चार दिने नेपाल भ्रमणमा आएका छन् । त्यस्तै भारतीय प्रधानन्यायाधीश धनञ्जय यसवन्त चन्द्रचुद नयाँ दिल्लीबाट आज काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

पूर्वराष्ट्रपति नासिद श्रीलंकाको राजधानी कोलम्बो हुँदै श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा दिउँसो २ बजे आइपुगेका हुन् । ललितपुरको झम्सीखेलस्थित होटल भिभान्तामा बसेका नासिदको भ्रमणबारे औपचारिक रुपमा केही बताइएको छैन ।

भारतीय प्रधानन्यायाधीश धनञ्जय दिउँसो ४ बजे काठमाडौं आइपुग्दै हुनुहुन्छ छ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा. आनन्द मोहन भट्टराईले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा आउने भारतीय प्रधानन्यायाधीशले राजधानीमा आयोजना गर्न लागिएको न्यायसम्बन्धी एक गोष्ठीलाई सम्बोधन गर्ने बताइएको छ ।

जापानी विदेशमन्त्री कामी कावायो नेपाल भ्रमणमा पर्सि आइपुग्ने कार्यतालिका छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले जापानी विदेशमन्त्रीको भ्रमणको क्रममा हुने द्विपक्षीय वार्ताको निम्ति नेपाली प्रतिनिधिमण्डल गठन र आवश्यक अख्तियारी दिइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर