
बौद्धनाथको मुख्य गर्वालयमा पूजा आजा गर्दै भक्तजन।तस्बिर : विशाल श्रेष्ठ / एस् ए टि भी
काठमाडौँ,वैशाख १०। प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन तामाङहरुद्वारा मनाइने तेमाल जात्रा यसपाली वैशाख १० गते पर्न गएकाले बौद्धनाथ स्तूपामा आज भक्तजनहरुको बिहानै देखि घुइँचो लागेको छ। तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो, तिमालजात्रा। यो तामाङ समुदायको मूल जात्रा हो। यो जात्रालाई नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छ। चैत पूर्णिमाको एक दिनअघि बौद्धमा सुरु भएर जात्राको भोलिपल्ट बिहानै बालाजुको बाइसे धारामा नुहाएर स्वयम्भूमा दर्शन गरी यो जात्राको बिसर्जन गरिन्छ। उनीहरू रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरूको मोक्षका लागि कामना गर्दछन् ।
एस् ए टि भी को क्यामरामा कैद अन्य तस्बिरहरू:














































