नेभिगेसन मेनु

एक सय बयसट्ठी घर सार्न सुझाव
समय:2026-11-27 12:56

3332

विपत् जोखिम न्यूनीकरण गर्न बागलुङका दुई पालिकामा बाढीपहिरोको अध्ययन भएको छ । गत बर्खामा आएको बाढीपहिरोबाट प्रभावित बनेका बागलुङका दुई स्थानीय तहको भूजोखिम अध्ययन तथा मूल्याङ्कन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय बागलुङको पहल तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपालको प्राविधिक सहयोगमा नमुनाका रूपमा ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकाको बाढीपहिरोको अध्ययन गरिएको हो । भूगर्भविद्सहितको टोलीको अध्ययनले बाढीपहिरोका कारण पालिकामा १६२ घर उच्च जोखिममा रहेको देखाएको छ । 

पहिरोको आकार, चर्केको जमिन, खोलामा आएको बाढीको अवस्था र आगामी दिनमा आउन सक्ने पहिरोको मूल्याङ्कन गरी ताराखोला गाउँपालिकाका १३० र काठेखोला गाउँपालिकाका ३२ घर जोखिममा परेकाले स्थानान्तरण गर्न सो अध्ययनमा सुझाव दिइएको छ । भूगर्भविद् सुमन पाण्डेयले काठेखोला गाउँपालिकाका चार ठाउँको पहिरो तथा ताराखोला गाउँपालिकाका १२ वटा पहिरो तथा बाढीले ग्रस्त क्षेत्रको अध्ययन गरिएको बताउनुभयो ।

पाण्डेयले ताराखोला गाउँपालिका–१, २ र ५ नम्बर वडाका बाढीपहिरो क्षेत्र र काठेखोला गाउँपालिकाको वडा नम्बर १ र ४ मा रहेको पहिरोको स्थलगत अवलोकन तथा अध्ययन गरी पालिकालाई प्रारम्भिक प्रतिवेदन बुझाइएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो प्रारम्भिक अध्ययन हो । पहिरो तथा पहिरो प्रभावित क्षेत्र, थुप्रिएको माटो, खोला तथा खोल्सामा जम्मा भएको गेग्य्रान, चिरा परेको जमिन तथा ग्रामीण सडक तथा ढुङ्गा खानीलगायतका कारण ताराखोला र काठेखोला गाउँपालिकाका १६२ घर कुनै न कुनै समयमा क्षति हुन सक्ने देखिएको छ । यसले गर्दा अर्को बर्खामा समस्या पर्ने देखिएको छ ।” पाण्डेले भन्नुभयो, “उच्च जोखिममा रहेका घरलाई स्थानान्तरण गर्न सके आगामी दिनमा मानवीय र भौतिक क्षति कम हुन सक्छ । यो समस्या देख्दा देख्दै उचित समयमा निर्णय लिन नसके सम्भावित खतरा कायम रहने देखिन्छ ।”

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बागलुङका १० वटै पालिकाले बाढीपहिरोगस्त क्षेत्रको अध्ययन गरी स्थानीय तहले पूर्वतयारी गर्न सकेमा जोखिम न्यूनीकरण हुने बताउनुभयो । आचार्यले बागलुङका छ पालिकालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पहिलो चरणमा दुई करोड रुपियाँ बजेटसमेत विनियोजन भएको जानकारी दिनुभयो ।  किर्डाकका कार्यकारी प्रमुख गोविन्दबहादुर शाहीले सो अध्ययनले देखाएको कुरालाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले प्राविधिक अध्ययनका आधारमा काम गर्न सके आगामी दिनमा प्राकृतिक विपत्तीबाट कम क्षति हुन सक्ने हुन्छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी