नेभिगेसन मेनु

धुलिखेलमा ‘हच पियोनी उद्यान’ उद्घाटन, नेपाल–चीन सांस्कृतिक मित्रताको नयाँ पहल
समय:2026-11-24 14:17

 

 IMG_8361

काठमाडौँ, मङ्सिर ८ गते । नेपाल–चीनबीच सांस्कृतिक आदानप्रदान तथा जनस्तरको मित्रता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार मंसिर ७ गते काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीस्थानमा ‘हच पियोनी उद्यान’ उद्घाटन गरिएको छ।

926282609_122217504722793724_1193139913672405915_n

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, हच सिटीका प्रतिनिधि फङ  वेइजी, धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगम, होटल व्यवसायी संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेललगायत नेपाली तथा चिनियाँ प्रतिनिधिहरूको उपस्थितिमा उद्यान उद्घाटन गरिएको हो।

928795685_122217503396793724_7108806514945383579_n

समारोहलाई सम्बोधन गर्दै चिनियाँ राजदूत चाङ माओमिङले नेपाल–चीनबीचको मित्रता स्थानीय तहको सहकार्य र जनस्तरको सम्बन्धबाट अझ मजबुत बन्ने उल्लेख गर्दै राजदूतले हच र धुलिखेलबीच सांस्कृतिक, पर्यटन तथा पुष्प खेतीसम्बन्धी सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

IMG_8117

त्यसैगरी, धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमले पियोनी उद्यानले दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तार गर्नुका साथै धुलिखेलको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

IMG_8169

चीनको शान्दोङ प्रान्तस्थित हच सिटीका प्रतिनिधि फङ वेइजीले पियोनी उद्यान दुई देशका जनताबीच भावनात्मक सम्बन्ध जोड्ने सेतुका रूपमा स्थापित हुने बताए। उनले नेपाललाई आफ्नो दोस्रो घरका रूपमा उल्लेख गर्दै सांस्कृतिक, शैक्षिक तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

926609457_122217505520793724_5876596949514180933_n

चीनको ‘पियोनी राजधानी’का रूपमा परिचित हच सिटी र नेपालको राष्ट्रिय फूल लालीगुराँसलाई एउटै उद्यानमा जोड्ने यस पहलले दुई देशको सांस्कृतिक पहिचानलाई प्रकृतिमार्फत प्रस्तुत गरेको छ।

930630671_122217500912793724_8001028238802454786_n

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, हस्तकला प्रदर्शनी तथा पियोनी संस्कृतिसम्बन्धी सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो।

926567001_122217497726793724_6509011897729201149_n

धुलिखेलमा स्थापित पियोनी उद्यानले सांस्कृतिक आदानप्रदान, स्थानीय पर्यटन र जनस्तरको सम्बन्ध विस्तार गर्दै नेपाल–चीन मित्रतालाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी