नेभिगेसन मेनु

सीमामा कडाइले स्वदेशी तरकारीलाई सहज
समय:2026-11-27 13:00

Ranitalau-tarkari-mandi

पछिल्लो समय नेपालगन्जस्थित रानीतलाउ तरकारी बजारलगायतका अन्य तरकारी बजारमा बिक्री हुने अधिकांश तरकारी स्वदेशी उत्पादन नै हुने गरेको छ । यहाँस्थित नेपाल–भारत सीमानाकामा भारतबाट आउने तरकारीमा अत्यधिक कडाइ गरेपछि स्थानीय बजारमा बाँकेलगायत पहाडी जिल्लाका तरकारीसमेत उपलब्ध हुन थालेको हो । 

रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतीसरा थापा क्षेत्रीका अनुसार जेठदेखि मङ्सिरसम्ममा स्थानीय बजारमा खपत हुने कुल तरकारीमध्ये करिब ६० प्रतिशत तरकारी सल्यान, रुकुम, रोल्पा र दाङलगायतका छिमेकी पहाडी तथा भित्री मधेशबाट आएका छन् । बाँकी ३० प्रतिशत बाँके जिल्लाका विभिन्न क्षेत्रबाट आउने तरकारीले बजारको माग धान्ने गरेको छ ।

पहाडी जिल्लाबाट दैनिक जसो गोलभेँडा, बन्दा, काउली, भान्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी र काँक्रो आउने गरेको उहाँले जानकारी दिनुभयो । सीमानाकाबाट अवैध रूपमा भित्रिने तरकारीमा कडाइ गरिएपछि स्वदेशी उत्पादनको माग र खपत ह्वात्तै बढेको व्यवसायीको भनाइ छ । 

“सीमामा निगरानी कडा हुँदा अवैध आयात नियन्त्रण भयो । त्यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाएका छन,” उहाँले भन्नुभयो, “उपभोक्ताले पनि स्वदेशी ताजा तरकारी सहजै पाउने अवस्था बनेको छ ।” रानीतलाउको तरकारी नेपालगन्ज मात्र नभई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशससम्म पुग्छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी