नेभिगेसन मेनु

एआई व्यवस्थापनमा अन्तर्राष्ट्रिय संस्था बनाउन चीनको माग
सम्पादक:南亚网络电视
समय:2025-07-27 16:33


1753603573_AI china (1)-1200x560

 

एस् ए टी भी ११ साउन २०८२, काठमाडौँः चीनले कृत्रिम बौद्धिकता (एआई) मा वैश्विक सहकार्य प्रवर्द्धन र ज्ञान साझेदरी गर्न छुट्टै अन्तर्राष्ट्रिय निकाय स्थापना माग गरेको छ। एआईको विकासमा अमेरिकाको प्रतिस्पर्धी र विकल्पको रूपमा आफूलाई उभ्याउन चीन अहिले प्रयासरत छ र यी दुई शक्ति यो नवीनतम् प्रविधिमा प्रभुत्व जमाउने होडमा छन्।

शनिबारदेखि सुरु भएको चीनको सांघाईमा अयोजित ‘विश्व कृत्रिम बौद्धिकता सम्मेलन’मा बोल्दै प्रधानमन्त्री लि कियाङले एआई प्रविधिलाई नियमन गर्न तथा भैरहेका विश्वव्यापी प्रयासलाई समन्वय गर्न आवश्यक रहेको बताए। उनले चीनले यो क्षेत्रमा गरेको विश्वलाई प्रगति बाँड्न चाहेको बताए।

चीनले गरेको एआई प्रगतिलाई अमेरिकाले अवरोध खडा गर्न खोजेको बिषयलाई संकेत गर्दै प्रधानमन्त्री लिले ‘यो प्रविधि केही देश वा कम्पनीले आफ्नोमात्र विशेष खेल बनाउने खतरा’ रहेको बताए।  

चीनले एआईलाई सबैका लागि खुला हुनुपर्ने चाहेको र सबै देश तथा कम्पनीलाई यसको प्रयोगमा समान अधिकार हुनुपर्नेमा जोड दिएको छ।

‘चीन आफ्नो अनुभव र उत्पादनहरू विशेष गरी ‘ग्लोबल साउथ’ (विकासोन्मुख मुलुकहरू) सँग साझा गर्न इच्छुक छ, ’ लिले थपे।  

एआईको जोखिम कसरी नियमन गर्ने भन्ने विषय पनि प्रधानमन्त्री लिको चिन्ता थियो। एआई चिप्सका अभाव र एआई प्रतिभा आदानप्रदानमा लगाईएको रोकले  यो क्षेत्रको विकासमा चुनौती थपेको उनको धारणा थियो।  

‘समग्रमा विश्वव्यापी एआई शासन अझै पनि खण्डित छ। देशहरूबीच नियामक अवधारणा र संस्थागत नियमहरूको दृष्टिकोणमा धेरै अन्तर छ। हामीले छिटोभन्दा छिटो साझा सहमतिमा आधारित वैश्विक एआई शासन रूपरेखा निर्माण गर्न र आपसी समन्वय सुदृढ गर्नुपर्छ,’ उनले भने।  

शनिबारदेखि सुरु भएको ३ दिन लामो शाघाई सम्मेलनमा विश्वभरका एआई उद्योगका अगुवा र नीतिनिर्माताहरू सहभागी छन्। चीन र अमेरिकाबीच यो प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा यो सम्मेलन आयोजना गरिएको हो। 

अमेरिकाले चीनमा अत्याधुनिक एआई प्रविधि, विशेषगरी एनभिडिया लगायत कम्पनीहरूको चिप्स र चिप निर्माण उपकरणको निर्यातमा रोक लगाएको छ। सैन्य क्षमतामा चीनले यसबाट फाइदा लिन सक्ने भनेर अमेरिकाले यस्तो रोक लगाएको हो। तर प्रतिबन्धका बाबजुद पनि चीनले एआईमा प्रगति गरिरहेको छ, जसले अमेरिकी अधिकारीको ध्यान आकृष्ट गरेको छ।

चीनका उपपरराष्ट्र मन्त्री मा चाओशुले चीनले प्रस्ताव गरेको उक्त अन्तर्राष्ट्रिय निकाय सांघाईमा राख्ने सकिने र यसले एआईको क्षेत्रमा देशहरूबिच व्यावहारिक सहकार्य प्रवर्द्धन हुने बताए। सम्मेलनमा  नेपाल, रुस, दक्षिण अफ्रिका, कतार, दक्षिण कोरिया र जर्मनी गरी विश्वका ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी छन्।

चीनको परराष्ट्र मन्त्रालयले अनलाइनमार्फत विश्वव्यापी एआई शासनका लागि कार्ययोजना सार्वजनिक गरेको छ। यसले सरकारहरू, अन्तर्राष्ट्रिय संस्था, उद्यमहरू र अनुसन्धान संस्थाहरूलाई सहकार्य गर्न र सीमा–पार खुला स्रोत समुदायमार्फत अन्तर्राष्ट्रिय आदानप्रदान प्रवर्द्धन गर्न आव्हान गरेको छ।

चीन सरकारले हरेक बर्ष आयोजना गर्ने यो सम्मेलनमा ठूला उद्योग, सरकारी अधिकारी, अनुसन्धानकर्ता र लगानीकर्ताहरू सहभागी हुने गर्दछन्।

शनिबारका वक्ताहरूमा फ्रान्सका राष्ट्रपतिका एआई विशेष दूत एन बुभेरो, एआईका ‘गडफादर’ भनेर चिनिने कम्प्युटर वैज्ञानिक जेफ्री हिंन्टन र गुगलका पूर्व प्रमुख एरिक स्मिथ  थिए।

विगत वर्षहरूमा उद्घाटन समारोहमा भौतिक रूपमा वा भिडियोमार्फत भाग लिने गरेका टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क यस वर्ष भने सम्मेलनमा सहभागी भएनन्।

सम्मेलनमा विभिन्न फोरमसँगै कैयन कम्पनीहरूले आफ्ना नवीनतम् प्रविधिहरू प्रदर्शन गरेका छन्।

आयोजकका अनुसार यस वर्ष ८०० भन्दा बढी कम्पनीहरू सहभागी छन्। उनीहरूले ३ हजारभन्दा बढी उच्च प्रविधि उत्पादनहरू, ४० ठूला भाषा मोडेलहरू, ५० एआई सचालित उपकरणहरू र ६० स्मार्ट रोबोटहरू प्रदर्शन गरेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर