नेभिगेसन मेनु

इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
सम्पादक:南亚网络电视
समय:2025-06-13 11:55

 

 

  marco-rubiyo_nMCL85NRGZ

 

एस् ए टी भी ३० जेठ, काठमाडौंः। संयुक्त राज्य अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलामा आफ्नो कुनै संलग्नता वा सहयोग नरहेको बताएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सो जानकारी दिएका हुन्।

‘आज राति इजरायलले इरानमाथि एकपक्षीय रूपमा कारबाही गरेको छ। हामी उक्त हमलामा संलग्न छैनौँ, र हाम्रो प्रमुख प्राथमिकता क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो,’ उनले वक्तव्यमा भनेका छन्।

‘इजरायलले यो कारबाही आत्मरक्षाका लागि आवश्यक भएको विश्वास व्यक्त गरेको छ। राष्ट्रपति ट्रम्प र प्रशासनले हाम्रा फौजको सुरक्षा गर्न आवश्यक सबै कदम चालेका छन् र हामी हाम्रा क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौँ। म स्पष्ट भन्न चाहन्छु: इरानले अमेरिकी स्वार्थ वा जनशक्तिमाथि हमला गर्नु हुँदैन,’ रुबियोले भने।यता, इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायलले शुक्रबार बिहानै इरानमाथि गरेको हमलापछि स्थिति निगरानीमा राखिएको बताएका छन्।

‘हामी यति बेला जेरुसेलमस्थित अमेरिकी दूतावासमा छौँ र घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौँ। हामी रातभर यहीँ रहनेछौँ। जेरुसेलमको शान्तिको लागि प्रार्थना गरौँ!,’ हक्काबीले एक्समा पोस्ट गरेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर