नेभिगेसन मेनु

दोहोरो उद्धारपछि जरिवाना माग
सम्पादक:南亚网络电视
समय:2025-06-10 11:59


himal

एस् ए टी भी २७ जेठ, काठमाडौंः चीनका एक विद्यार्थीलाई जापानी प्रहरीले चार दिनभित्र दुई पटक उद्धार गर्नुपर्‍यो । एउटै घटनामा दुई पटक बिरामी परेका ती विद्यार्थीलाई इन्टरनेट ट्रोलमा उल्टो जरिवाना तिराउनुपर्ने टिप्पणी गरिरहेका छन् । खबरअनुसार, २७ वर्षे विद्यार्थीलाई पहिलो पटक २२ अप्रिलमा समुद्री सतहभन्दा १० हजार फिटमाथि जापानको प्रख्यात फुजी पहाड चढ्दै गर्दा प्रहरीले उद्धार गर्नु परेको थियो ।

जापानमा फुजिनोमिया पदयात्रा निकै प्रख्यात छ । ती विद्यार्थी एक्लै सो यात्रामा निस्किएका थिए तर हिँड्दै जाँदा तीन हजार मिटर छेउछाउ पुग्दा नपुग्दै उनी समस्यामा परे । त्यसो त यो पदयात्राका लागि विज्ञहरूले अति सावधानी अपनाउनु पर्ने सुझाव दिने गर्छन् । केही त यति अटेरी हुन्छन् कि सुझावलाई खासै मतलब गर्दैनन् । यी विद्यार्थी त्यस्तै परे ।

पदयात्रामा रहेका अन्य व्यक्तिले यी विद्यार्थी यत्तिकै सडक किनारमा लडेको देखेपछि प्रहरीलाई खबर गरे। उनलाई 'अल्टिच्युड सिकनेस' भएको ठहर गर्दै हेलिकप्टरबाट उद्धार गरिएको थियो । उद्धार गरेको चार दिनपछि पुनः उनी त्यही यात्रामा निस्किए । पहिलो यात्रामा उनको मोबाइल हराएका कारण मोबाइल खोज्न पुनः निस्केको प्रतिक्रिया उनले दिए । 

उनी आफू पहिलो पटक बिरामी भएको ठाउँमा पुग्दा नपुग्दै पुनः बिरामी परे । यस पटक पनि पुनः पदयात्रीहरूले प्रहरीलाई खबर गरी उद्धार गरिएको थियो । दोस्रो पटक पनि प्रहरीले उद्धार गर्नु परेको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल गरिएको छ यस्ता अटेरीलाई दोस्रो पटक उद्धार नगरेको भए पनि हुन्थ्यो तर गरिहाले। दोस्रो पटक उद्धार गरेको रकम चाहिँ प्रहरीले तिराओस् ।

यतिबेला माउन्ट फुजीमा हिउँ हेर्न जानेहरूको ताँती हुन्छ । गर्मीयाम भए पनि यहाँ हिउँ पाइने भएकाले पदयात्रीहरूको लर्को लाग्ने गर्छ । यस पटकलाई भने ती विद्यार्थीलाई कुनै जरिवाना नतिराइए पनि आउँदा दिनमा पैदलयात्रीहरूलाई जिम्मेवार बनाउन केही जरिवाना थप्नेबारे छलफल भइरहेको जापानी प्रहरीले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर