नेभिगेसन मेनु

भारतीय र चिनियाँ विद्यार्थीले गरे ट्रम्प सरकारविरुद्ध मुद्दा दायर : अवैध रूपमा भिसा रद्द गरेको आरोप
सम्पादक:南亚网络电视
समय:2025-04-22 12:17

trump sarkar

एस् ए टी भी ९ वैशाख, काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै विदेशी विद्यार्थीहरूको F-1 भिसा रद्द गरेका छन्। ट्रम्पको भिसा रद्दको निर्णयविरुद्ध भारतीय र चिनियाँ विद्यार्थीहरू मिलेर ट्रम्प सरकारविरुद्ध कानुनी कारबाहीको बाटो अपनाएका छन्।

यी विद्यार्थीहरूले अमेरिकी गृह सुरक्षा विभाग (DHS) र अन्य अध्यागमन अधिकारीहरू विरुद्ध मुद्दा दायर गरेका छन्। अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयू) ले न्यु ह्याम्पशायरको अमेरिकी जिल्ला अदालतमा सो मुद्धा दायर गरेको हो।

विद्यार्थीहरूले आफ्नो भिसा रद्द गर्ने निर्णय एकपक्षीय र गैरकानूनी भएको जनाएका छन्। यो निर्णयले उनीहरूलाई शिक्षा, जागिर र अमेरिकामा कानुनी बसाइँको अधिकारबाट वञ्चित गरिएको उनीहरूको आरोप छ। एसीएलयूले आफ्नो विज्ञप्तिमा भनेको छ,  'यो विषय यी विद्यार्थीहरूमा मात्र सीमित छैन। यसले अमेरिकामा बस्ने हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्यमा असर गर्छ।'

मुद्दामा भिसा अचानक रद्द गर्नाले विद्यार्थीहरूलाई देश निकाला र हिरासतमा लिने जोखिम हुने जनाइएको छ। ३ भारतीय र २ चिनियाँ विद्यार्थी सो मुद्दासँग सम्बन्धित रहेका जनाइएको छ। उनीहरुले अदालतमा आफ्नो विचार प्रस्तुत गरेका थिए।

सबै सर्तहरू पालना गरेका र केही गल्ती नगरेका विद्यार्थीको भिसा रद्ध गरिएको उनीहरुको आरोप छ। 

केही दिन अघि अमेरिकी सरकारले धेरै विदेशी विद्यार्थीहरूलाई उनीहरूको भिसा रद्द गर्ने सम्बन्धमा इमेल पठाएको खबर आएको थियो। यस मेलमा यी विद्यार्थीहरूलाई अमेरिका छोड्न भनिएको थियो। रिपोर्टका अनुसार यीमध्ये ५०% भारतीय र १४% चिनियाँ विद्यार्थी छन्।

अमेरिकी विदेश विभागले विगत चार महिनादेखि विदेशी विद्यार्थीहरूको तथ्याङ्कको जाँच गरिरहेको छ। यस मार्फत इजरायल विरुद्ध र हमासको समर्थनमा प्रदर्शन गर्ने विदेशी विद्यार्थीहरूको भिसा रद्द गरिँदैछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर