नेभिगेसन मेनु

सुन्तला उत्पादन वृद्धि
समय:2026-11-27 12:57

Untitled-1

सुन्तला उपत्पादनका लागि उपयुक्त वातावरण भएका कारण गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार गुल्मीमा गत वर्ष ६०३ हेक्टर क्षेत्रफलमा पाँच हजार १८ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ६२४ हेक्टर क्षेत्रफलमा पाँच हजार ६१६ मेट्रिक टन सुन्तला उत्पादन हुने देखिएको छ । 

जिल्लामा कृषकले सरदर प्रतिकिलो ६० रुपियाँका दरले सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सुन्तलाको सिजन बल्ल सुरु भएकाले पछि यसको मूल्यमा केही उतारचढाव हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा उत्पादित सुन्तला आन्तरिक खपतका अतिरिक्त रुपन्देही, नारायणगढ र पोखरातर्फ पनि निर्यात हुने गरेको छ ।

जिल्लामा कुल ८५२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने ६२४ हेक्टर क्षेत्रफलका बिरुवाले उत्पादन दिन थालेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी