नेभिगेसन मेनु

सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ आजदेखि हलमा, नेपाल र भारतमा एकसाथ प्रदर्शन
समय:2026-11-20 15:49

sunill

 दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको चलचित्र ‘हिमालयन गोल्ड’ आज शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ ।

थापाको अन्तिम चलचित्रका रूपमा रहेको यसले नेपाली दर्शकमाझ विशेष चासो पाउने अपेक्षा गरिएको छ ।

धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’ थ्रिलर तथा ड्रामा विधामा बनेको हो । चलचित्रले हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको लोभमा सिर्जना हुने द्वन्द्व, संघर्ष र मानवीय स्वार्थको कथा भन्छ ।

सन् १९९० को परिवेशमा आधारित चलचित्रमा यार्सागुम्बा संकलनदेखि त्यसको लुटपाट र सुरक्षाका लागि गरिने संघर्षलाई चित्रण गरिएको छ ।

परिवार र आफूले मेहनत गरेर संकलन गरेको यार्सागुम्बा जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्ष चलचित्रको मुख्य कथा हो । यसमा अस्तित्वको लडाइँ, प्रतिशोध र साहसका पक्षलाई पनि समेटिएको छ ।

चलचित्रको अर्को विशेषता यसको छायांकनस्थल हो ।

समुद्री सतहबाट करिब ४ हजार ८०० मिटरको उचाइमा छायांकन गरिएको चलचित्रले रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवनशैली र आर्थिक निर्भरतालाई पर्दामा उतारेको छ ।

प्रदर्शनअघि नै चलचित्रले नेपाल र भारतमा फरक उमेर समूहका दर्शकका लागि प्रदर्शन अनुमति पाइसकेको छ । नेपालमा एडल्ट (ए) सर्टिफिकेट पाएको चलचित्रले भारतमा यूए १६ प्लस सर्टिफिकेट प्राप्त गरेको छ ।

चलचित्रमा सुनील थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बु, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायत कलाकारको अभिनय छ ।

बुधबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा चलचित्रको प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी सेलिब्रेटीले चलचित्रको कथावस्तु, हिमाली दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका थिए ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन धीराज राजवंशीले गरेका हुन् ।

पटकथा दीपेन्द्र गौचन र राजवंशीले लेखेका छन् । मीनबहादुर भाम निर्माता, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता हुन् ।

चलचित्रलाई भारतमा प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले वितरण गरेको छ । नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरणको जिम्मेवारी लिएका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी