नेभिगेसन मेनु

चाडपर्व सकिएपछि सुरु भयो चुनावी चर्चा
समय:2026-11-24 18:18

Chunauko-charcha

नेपालीहरुको महान चाडपर्व सकिएपछि चुनावी चर्चा सुरु भएको छ । दसैं–तिहारको रमझम पश्चात स्थानीय तहको निर्वाचन बारेमा चियोचर्चा हुन थालेको हो ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिका पाँचवर्षे कार्यकाल अन्तिमतिर पुगेको छ । उनीहरुको कार्यकाल सकिन लागेकाले जनप्रतिनिधिले गरेका कामकाजको नागरिकस्तरबाट समीक्षादेखि लिएर अब हुने चुनावका लागि सम्भावित उम्मेदवारका चर्चा परिचर्चा भइरहेका छन् । 

स्थानीय तहको निर्वाचन अरु निर्वाचनभन्दा फरक रहेकाले नेतृत्व गरिरहेका र अब गर्न सक्ने सम्भावित व्यक्तिहरुको बारेमा विचार विमर्श गर्ने बेला आइसकेको कार्यकर्ताको भनाइ छ । स्थानीय तहको निर्वाचनले समाजलाई सिंहदरबारसँग जोड्ने कार्य गर्ने गरेका कारण अब हुने निर्वाचनमा विकासवादी सोंच भएका असल व्यक्ति ल्याउन अहिलेदेखि नै समाजलाई जागरुक बनाउन आवश्यक रहेको कैलारी गाउँपालिका–७ का रामकुमार चौधरीले बताउनुभयो । उहाँले पार्टीभन्दा पनि विकासवादी सोंच भएका व्यक्तिलाई जनताले रोज्न आवश्यक रहेको औंल्याउनुभयो । 

अहिलेका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिदैं गर्दा कतिपयले अबको निर्वाचनमा आफू प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष वा वडा अध्यक्षको उम्मेदवार बन्ने आकांक्षा पनि व्यक्त गर्न थालेका छन् । यसैगरी, कतिपय व्यक्तिले त आफू उम्मेदवार बन्ने आशयको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् । 

अब निर्वाचन हुने समय नजिक आइरहेकाले उम्मेदवारका आकांक्षीहरुले आन्तरिक रुपमा तयारी गर्न थालेको धनगढी उपमहानगरपालिका –७ मनहेराका चनकलाल चौधरीले बताउनुभयो । नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहनु भएका उहाँले अब स्थानीय तहको चुनावको चर्चा विस्तारै उकालो लागिरहेको बताउनुभयो । 

चौधरी भन्नुहुन्छ, “स्थानीय तहको निर्वाचन अब टाढा छैन । चुनाव आइरहेकाले चियागफसँगै यसको चर्चा सुरु भएको छ । म पनि वडा अध्यक्षको उम्मेदवारीका लागि प्रयास गर्दैछु ।” स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विभिन्न दलका व्यक्तिले आफ्नो संगठन विस्तार गर्ने, जनतालाई भेटेर उनीहरुका कुरा सुन्ने कार्य पनि गरिरहेका छन् । 

जनताको एजेण्डा बुझेर काम गरेमा त्यो फलदायी हुने उनीहरुको भनाइ छ । चुनावको कुराकानीसहित यसवर्ष दसैं–तिहारमा रमाएको कैलारी गाउँपालिका –६ बेनौलीका रामलखन चौधरीले बताउनुभयो । पालिका अध्यक्षका लागि नाम चर्चामा रहेको उहाँले गाउँवस्तीमा पनि चुनावको चर्चा भइरहेको उल्लेख गर्नुभयो । 

चौधरी भन्नुहुन्छ, “चाडपर्वको रमाइलो सकिएपछि अब चुनावको चर्चाले ठाउँ पाएको छ । हामीले पनि आफ्नो संगठन विस्तारदेखि लिएर जनतासँग सम्बन्ध बनाउने कार्य गरिरहेका छौं ।”

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी