नेभिगेसन मेनु

फुटबल र क्रिकेटका खेल सुरु हुँदै
समय:2026-11-24 12:58

stiduam-hastarantaran-skt-lalit-(1)

कर्णाली प्रदेशको गौरवका रूपमा लिइएको कर्णाली प्रदेश रङ्गशाला निर्माण कम्पनीले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रम गरी निर्माण कम्पनीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाही, सामाजिक विकासमन्त्री जितबहादुर मल्ललाई हस्तान्तरण गर्नुभएको हो । रङ्गशाला हस्तान्तरण भएलगत्तै उद्घाटनसमेत गरिएको छ । 

सो अवसरमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको रङ्गशाला अब प्रदेशमातहतमा आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले रङ्गशाला निर्माणमा सहयोग पु¥याउनेप्रति आभार व्यक्त गर्दै यही रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । साथै रङ्गशालाको संरक्षण तथा सदुपयोगमा प्रदेश सरकारले उचित निर्णय गर्ने उहाँको भनाइ छ । 

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले १० औँ राष्ट्रिय खेलकुद सभ्य र भव्य बनाउनका लागि कर्णाली प्रदेशवासी तयार रहेको बताउनुभयो । आफूले नै सो रङ्गशालाको शिलान्यास गरेको स्मरण गर्दै उहाँले विभिन्न चुनौतीको सामना गरी रङ्गशाला निर्माण भएकाले यसले कर्णालीमा खेल पर्यटनको विकास हुने अपेक्षा व्यक्त गर्नुभयो । सो रङ्गशाला २०७८ सालमा निर्माण सुरु भएको थियो । एमएसी–जिएसएल जेभीले निर्माणको जिम्मा पाएको थियो भने एक अर्ब ५९ करोडको लागतमा रङ्गशाला तयार भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि प्रोजेक्ट इन्जिनियर प्रह्लाद बरालले रङ्गशालाको भौतिक पूर्वाधार सम्बन्धित संरचना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले औपचारिक रूपमा रङ्गशाला प्रदेश सरकारको मातहतमा आएपछि खेल गतिविधि बढ्ने बताउनुभयो । उहाँले यही रङ्गशालामा राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरै खेल सम्पन्न हुने जानकारी दिनुभयो । 

 छ वटा खेल सुरु हुँदै

यसै गरी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि फुटवल, क्रिकेटलगायत छ वटा खेल भने  मङ्गलबारदेखि सुरु हुँदै छन् । लामो अवधि लाग्ने भएकाले ती खेल मङ्गलबारदेखि सुरु हुन लागेको परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले बताउनुभयो । उहाँका अनुसार आजदेखि सुरु हुने खेलमा पुरुष फुटबल, महिला र पुरुष क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडी रहेका छन् । टेनिस बर्दियामा हुने छ भने पौडी नेपालगन्जमा हुने छ । अरू खेल भने सुर्खेतस्थित रङ्गशालामा हुने परिषद्ले जनाएको छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी