
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।
हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति पक्राउ गरिएको हो ।
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ ।















