नेभिगेसन मेनु

माछाको संरक्षण गर्न राप्तीमा भुरा छाडियो
समय:2026-11-25 12:14

Rapti-nadi-ma-macha-ka-bhura-choddai

 मत्स्य सम्पदाको संरक्षण र जलीय जैविक विविधता प्रवर्धन गर्ने उद्देश्यले बाँकेको राप्ती नदीमा १० हजार माछाका भुरा छाडिएको छ ।

‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने सन्देशसहित बाँकेको शम्शेरगञ्जमा आयोजित कार्यक्रममा माछाका भुरा नदीमा छाडिएको हो ।

जलवायु परिवर्तनका कारण प्राकृतिक जलाशयमा माछाको संख्या घट्दै जान थालेपछि फिंगरलिङ तथा इयरलिङ आकारका माछाका दस हजार भुरा प्राकृतिक जलाशयमा छाडिएको मत्स्य विकास केन्द्र, शम्शेरगञ्जका मत्स्य विकास अधिकृत प्रेमकुमार चौधरीले बताउनुभयो । 

उहाँले अनुसार नदीमा माछाको संख्या वृद्धि, जलीय जैविक विविधताको संरक्षण र नदीमा आश्रित स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले माछाका भुरा नदीमा छोडिएको बताउनुभयो । 

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जलवायु परिवर्तनको प्रत्यक्ष असर प्राकृतिक जलाशय र मत्स्य सम्पदामा देखिन थालेको बताउनुभयो । उहाँले माछापालन व्यवसायको प्रवर्धन र नदीनालाको संरक्षणका लागि स्थानीय तह आवश्यक नीति तथा बजेट विनियोजन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएका जलारी समुदायको पेसा संरक्षण गर्नुका साथै कृषकलाई व्यावसायिक मत्स्यपालनतर्फ आकर्षित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मत्स्य विकास अधिकृत चौधरीले प्राकृतिक जलाशयमा माछाको संख्या घट्दै गएकाले हरेक वर्ष नदीमा माछाका भुरा छाड्ने कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले जलवायु अनुकूलित मत्स्यपालन प्रविधि अपनाउन कृषकलाई आग्रह गर्दै केन्द्रले आवश्यक प्राविधिक सहयोग र गुणस्तरीय माछाका भुरा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बाँके र बर्दियाका व्यावसायिक माछापालक कृषक, जलारी समुदाय, बाँके राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको सहभागिता थियो ।

सो अवसरमा कृषकहरूले मत्स्यपालनका क्रममा भोग्नुपरेका बजार व्यवस्थापन, माछाको दानाको मूल्यवृद्धि तथा प्राविधिक समस्याबारे जिज्ञासा र सुझाव राखेका थिए ।

माछाका भुरा नदीमा छाड्ने कार्यक्रमले प्राकृतिक जलाशयको संरक्षण, मत्स्य उत्पादन वृद्धि र स्थानीय समुदायको आयआर्जन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मत्स्य सम्पदाको दिगो संरक्षणका लागि तीनै तहका सरकार, संरक्षण क्षेत्रका निकाय, मत्स्यपालक कृषक र स्थानीय समुदायबिच सहकार्य तथा साझेदारी आवश्यक रहेको जानकारहरूले बताएका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी