नेभिगेसन मेनु

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा भक्तजनको घुइँचो
समय:2026-11-24 13:11

jatra

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ । 

जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो ।

राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको स्मरणमा यो जात्रा मनाउने गरिएको नगरप्रमुख कुन्साङ लामाले बताउनुभयो । त्यसलाई त्याग र करुणाको अर्थमा लिने गरिएको छ । 

उहाँका अनुसार कात्तिक पूर्णिमाको धार्मिक मेलालाई लक्षित गरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । जात्रामा सहभागी भक्तजनको सहजताका लागि नगरपालिका, स्थानीय गुठी तथा सुरक्षा निकायले आवश्यक व्यवस्थापन गरेका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी