नेभिगेसन मेनु

पोखरामा बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-10-09 12:09

sena-truck_aQcT99C8Rg

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २३ गते । पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । प्रहरीको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर घटनाको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर