नेभिगेसन मेनु

दुर्व्यसनीको अखडा बन्दै सीमा बजार
सम्पादक:南亚网络电视
समय:2024-05-03 11:50

durbyasani

वैशाख २१ गते । नेपाल–भारत सीमावर्ती बजार नेपाली लागुऔषध दुर्व्यसनीको अखडा बन्न थालेका छन् । सीमावर्ती भारतका बजारमा लागुऔषध सहज रूपमा उपलब्ध हुने भएकाले नेपाली प्रयोगकर्ताको अखडा बन्न थालेका हुन् । कैलाली र कञ्चनपुरका लागुऔषध प्रयोगकर्ता भारततर्फको सीमावर्ती बजार वनगाँवा र पलिया पुग्ने गरेका छन् । त्यहाँ पुग्ने युवकयुवती लागुऔषध प्रयोग गरी लट्ठिएर तथा बरालिएर हिँड्ने गरेको पाइएको छ । 

यसैबिच लागुऔषध प्रयोग गरी बेहोस अवस्थामा रहेका धनगढीका तीन युवतीलाई भारतीय प्रहरीले बुधबार पलियाबाट उद्धार गरी नेपालका सुरक्षा अधिकारीको जिम्मा लगाएको छ । 

लागुऔषध प्रयोग गरी लट्ठिएका युवतीलाई भारतीय सुरक्षाकर्मीले गौरीफन्टा नाका पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहोराले बताउनुभयो । उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ ।

भारतीय बजारमा नेपाली लागुऔषध दुव्र्यसनीको चहलपहल बढेको भारतीय प्रहरी यादवेन्द्र यादवले बताउनुभयो । सीमावर्ती भारतीय बजार नेपाली दुव्र्यसनीको अखडा बनेकोमा चिन्ता व्यक्त गर्दै उहाँले युवती असुरक्षित हुने समस्या देखिएको बताउनुभयो । नेपाली लागुऔषध प्रयोगकर्ताका कारण भारतीय बजार बदनाम हुन थालेपछि प्रहरीले उनीहरूको सूची तयार पार्ने, खोजी गर्ने र पक्राउ गरेर नेपाललाई बुझाउने कार्य गरिरहेको छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर