
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएकी एक फरार महिलालाई पश्चिम नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामग्राम नगरपालिका वडा नं. ५ ड्राइभर टोल बस्ने ४५ वर्षीया हदिसुन नेशा रहनुभएको छ ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ चमनटोलबाट उहाँलाई नियन्त्रणमा लिएको हो ।
लुकीछिपी बसेको अवस्थामा उहाँलाई पक्राउ गरी आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभयो ।
नवलपरासी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय हुने गरी मिति २०८१ साल फागुन १२ गते फैसला भएको थियो ।
अदालतबाट कैद सजाय असुल हुन बाँकी रही हालसम्म फरार रहनुभएकी उहाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।














