नेभिगेसन मेनु

नक्कली प्रमाणपत्र प्रकरणमा आरोपपत्र दायर
समय:2026-11-24 18:31

Akhtiyar-Building-(2)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सार्वजनिक पद र लाभ लिएको आरोपमा भोज बाबु सोमै मगरविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।  

 प्यूठानको ढुङ्गेगढी गाविस वडा नं. ४ घर भई हाल सरूमारानी गाउँपालिका वडा नं. ४ बस्ने सोमै मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), सानोठिमी, भक्तपुरसमेतबाट जारी भएको देखिने सिभिल इन्जिनियरिङ डिप्लोमा तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आयोगको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।  

 विज्ञप्तिअनुसार उहाँले ओखलढुङ्गाको रूम्जाटारस्थित रूम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष करार सेवामा सहायक प्रशिक्षक ९प्राविधिक शिक्षक० र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करारमै सव–इन्जिनियर पदमा नियुक्ति लिन नक्कली प्रमाणपत्र प्रयोग गर्नुभएको थियो ।   झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकाले उहाँविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवाना सजाय मागदाबीसहित मङ्गलबार आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी