नेभिगेसन मेनु

लहानमा बिहानै आइपुग्छ भारतीय तरकारी
समय:2026-11-20 17:51

bazar-1

नेपाल–भारत सीमानासँग जोडिएको भारतको लौकहाबाट नेपालको ठाडी हुँदै दिनहुँ बिहानै ट्रकमा तरकारी लहान आउने गरेको छ । नेपाल–भारत सिमाना रहेको ठाडीमा क्वाराइनटाइन नरहेकोले जाँच नगरिएको तरकारी खान उपभोक्ताहरु बाध्य भइरहेको छ। 

बिहान लहान चौकमा आउने तरकारी थोक तरकारी पसलहरुले खरिद गर्ने गर्दछ । लहानबाट त्यही तरकारी जिल्लाको गोलबजार मिर्चैया लगायतको बजारमा व्यापारीहरुले बिक्रीको लागि लग्ने गर्छन् । आलु कोभी भाण्टा खुर्सानी भारतीय बजारबाट आउँदा क्वाराइटाइन जाँच नगरी खाएको तरकारी स्वास्थ्यको लागि समेत उपयोगी नभएको नागरिक अगुवा रामविहारी साहले बताउनुभयो। 

उहाँको अनुसार हामी निन्द्राबाट व्युझिएका हुँदैनौ तर भारतीय बजारबाट चार ट्रक ठाडी नाका हुँदै भारतीय तरकारी आइपुगेको हुन्छ। विषादी प्रयोग गरिएको तरकारी नेपालतर्फ आउने तरकारीबिना जाँच आउन नदिनु पर्ने तर ठाडी महेश्वारी प्रहरी चौकीको आगाडीबाटै लहान आउने गर्दछ। 

इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक प्रदिपविष्णु बस्यालको अनुसार यस विषयमा ठाडी र महेशवारी प्रहरीसँग बुझेर केही भन्न सकिने बताउनुभयो । प्रहरी निगरानी बढाइने उहाँले बताउनुभयो।

वेमौसमी तरकारी नेपालभन्दा बढी भारतमा उत्पादन भइरहेकाले तरकारी निर्यात भइरहेको कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी सुदिप खनालले बताउनुभयो । 

पालिका स्तरमा रहेको कृषि शाखाहरुले तरकारीमा आत्मनिर्भर बनाउन अझै क्रियाशील र किसानलाई ज्ञान सिप सिकाएर उत्पादनमा लगाउनु पर्नेमा त्यस्तो नदेखिएको लहान –१८ का कृषक हृदय महतोले सुनाउनुभयो । सिरहाका किसानहरुले तरकारी उत्पादनको लागि मल, सिँचाइ र बजारको उपयुक्त वातावरणको लागि बजेट र कृषि प्रविधिमा ध्यान दिनपर्ने उहाँले तर्क गर्नुभयो । भारतीय बजारबाट आउने तरकारीले स्थानीय किसानहरुले मार खानु परिरहेको तरकारी उत्पादन गरिरहेका किसानहरुको दुखेसो छ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी