नेभिगेसन मेनु

दसैं–तिहारमा १५ हजारभन्दा बढी पर्यटकद्वारा बर्दिया निकुञ्जको भ्रमण
सम्पादक:南亚网络电视
समय:2026-11-18 18:09

nikunja-bardiya-(1)

बर्दिया जिल्लाको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा दसैं–तिहार अवधिमा १५ हजारभन्दा बढी पर्यटकहरूले भ्रमण गरेका छन् । दर्सैँ र तिहार अवधिमा लामो समयको विदा पर्ने भएको हुनाले पनि आन्तरिक पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने गरेका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार दसैँ र तिहारको अवधि असोज २५ गते घटस्थापनादेखि कात्तिक मसान्तसम्म पन्ध्र हजार तीनसय ७८ जना पर्यटकले निकुञ्ज प्रवेश गरेका छन् । 

जसमध्ये नेपाली १३ हजार तीनसय ५२ जना, सार्क मुलुकका दुईसय ४६ जना र विदेशी पर्यटक एक हजार सातसय ८० जना रहेका छन् । सो अवधिमा एक हजार दुईसय ९ वटा जिप सफारी भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अरविन्द यादवले बताउनुभयो । 

उहाँका अनुसार असोज महिनामा मात्र एक हजार नौसय ३४ जना पर्यटकहरू निकुञ्ज प्रवेश गरेका थिए । साउनमा चारसय २७ र भदौमा चारसय ६२ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । 

गत आर्थिक वर्ष २०८२–८३मा  निकुञ्जमा २७ हजार २५ जना पर्यटक प्रवेश गरेका थिए । अघिल्लो आर्थिक बर्ष २०८१–८२ मा २८ हजार ६७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष निकुञ्जमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले बताउनुभयो । पहिले विदेश पर्यटकहरू मात्र घुम्न आउने निकुञ्ज अहिले आन्तरिक पर्यटक पनि निकुञ्जमा आउने र रमाउने प्रवृति बढेको उहाँले बताउनुभयो । 

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन र भ्रमण गर्ने पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । विशेषगरी विदाको दिनमा निकुञ्जमा नेपाली पर्यटकको घुइँचो लाग्ने गरेको छ । हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन, जंगल सफारी, जंगल वाल्कको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाइमा पर्ने गरेको छ । 

राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको गोही प्रजनन् केन्द्र, हात्ती, कछुवा, पाटे बाघ, गैँडा लगायतका जनावर हेरेर फर्किन्छन् । निकुञ्ज सफारी गरेर फर्किएका अधिकांश पर्यटकहरुले पाटे बाघ लगायत अन्य जनावर हेरेर खुसी भएको प्रतिक्रिया दिने गरेका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी