नेभिगेसन मेनु

उच्च शिक्षामा छात्राको बढ्दो आकर्षण
समय:2026-11-24 13:15

3221

अर्घाखाँचीमा उच्च शिक्षा अध्ययन गर्ने छात्राको सङ्ख्या पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढ्दै गएको छ । सदरमुकाम सन्धिखर्कमा रहेका दुई वटा क्याम्पस र दुई वटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राको सङ्ख्या दुई तिहाइको हाराहारीमा पुगेको छ ।

अर्घाखाँची शिक्षा क्याम्पस र पाणिनि बहुमुखी क्याम्पसमा प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्ने विद्यार्थीमा छात्राको बाहुल्यता छ । पछिल्ला पाँच–छ वर्षयता उच्च शिक्षा अध्ययन गर्ने युवतीको सङ्ख्या ह्वात्तै बढेको क्याम्पसले जनाएका छन् । सदरमुकामस्थित जनज्योति र भगवती माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्राको सङ्ख्या पनि उल्लेख्य छ । 

उच्च शिक्षा अध्ययन गर्नेमा अविवाहित युवती मात्र छैनन्, विवाहपछि घरगृहस्थी समाल्दै आएका बुहारीसमेत क्याम्पस पुग्ने गरेका छन् । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि घरको जिम्मेवारी समाल्दै उच्च शिक्षा हासिल गर्ने महिलाको सङ्ख्या पनि बढेको छ । बर्सौंदेखि पढाइ छाडेर बसेका महिलाले समेत पुनः अध्ययन सुरु गरेका छन् ।

जनज्योति माध्यमिक विद्यालय सन्धिखर्कका प्रधानाध्यापक माधवप्रसाद आचार्यले छात्राको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको बताउनुभयो । गाउँमा कक्षा ११ र १२ सम्मको पढाइ हुने विद्यालय भए पनि गुणस्तरीय शिक्षाका लागि सदरमुकाम आएर अध्ययन गर्ने विद्यार्थी रहेको उहाँले बताउनुभयो । 

कक्षा ११ मा अध्ययनरत मनीषा कुमालले जागिर खानका लागि मात्र नभई शिक्षित परिवार निर्माण गर्न पनि छोरीले उच्च शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो । उहाँसँगै सयौँ विवाहित तथा अविवाहित युवती उच्च शिक्षा अध्ययनका लागि सदरमुकाममा डेरा लिएर बसेका छन् । पाणिनि बहुमुखी क्याम्पसका प्रमुख बाबुराम शर्माले क्याम्पसमा प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राको सङ्ख्या दुई तिहाइ रहेको बताउनुभयो । युवतीदेखि बच्चा साथमा लिएर आएका महिलासमेत क्याम्पसमा अध्ययनरत रहेको उहाँले बताउनुभयो ।

उच्च शिक्षामा छात्राको बाहुल्यता देखिए पनि युवाको पढाइ छुट्नुमा आर्थिक अवस्था र रोजगारीको समस्या मुख्य कारण रहेको बताइन्छ । आर्थिक अवस्था राम्रो भएका युवासमेत अध्ययनपछि रोजगारीको सुनिश्चितता नहुँदा व्यवसाय वा वैदेशिक रोजगारीलाई प्राथमिकता दिने गरेका छन् । अभिभावकले पनि छोरीको पढाइलाई निरन्तरता दिन जोड दिने तर छोरालाई कमाइतर्फ लाग्न प्रेरित गर्ने प्रवृत्ति रहेको पाइन्छ । उच्च शिक्षा अध्ययन गर्ने छात्राको सङ्ख्या बढेसँगै शिक्षण पेसामा महिलाको सहभागिता पनि बढेको छ । क्याम्पस प्रमुख शर्माका अनुसार अधिकांश छात्राको रोजाइ शिक्षा सङ्काय हुने गरेको छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी