नेभिगेसन मेनु

बेवारिसे अवस्थामा भेटिएकी महिलाको उद्धार
समय:2026-11-27 16:42

manavsewa

 पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, उपहार नगर टोलमा बेवारिसे तथा अस्वस्थ अवस्थामा भेटिएकी एक महिलाको उद्धार गरी सुरक्षित आश्रयका लागि मानवसेवा आश्रम, रुपन्देही पठाइएको छ ।

बर्दघाट–४ का वडा सदस्य जनक रावलका अनुसार अन्दाजी ४५ वर्षीया ती महिलाले आफ्नो नाम जेबिरा खातुन बताउनुभएको छ । अभिभावकविहीन अवस्थामा रहेकी र मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने देखिएपछि उहाँलाई आवश्यक संरक्षण, स्याहारसुसार तथा उपचारका लागि आश्रम पठाइएको हो ।

स्थानीय टोलमा केही दिनदेखि अलपत्र अवस्थामा रहेकी महिलाको अवस्था दयनीय बन्दै गएपछि स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा उद्धार गरिएको वडा सदस्य रावलले जानकारी दिनुभयो ।

महिलालाई मानवसेवा आश्रम, रुपन्देही पुर्‍याएपछि स्वास्थ्य परीक्षण, पोषण, मनोसामाजिक परामर्श तथा सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ ।

सडक तथा सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा जीवन बिताउन बाध्य व्यक्तिको उद्धार, संरक्षण र पुनःस्थापनामा सक्रिय मानवसेवा आश्रमले देशका विभिन्न स्थानबाट उद्धार गरिएका व्यक्तिलाई आश्रय प्रदान गर्दै आएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी