नेभिगेसन मेनु

मदिराजन्य वस्तुको नियमन चुनौतीपूर्ण
समय:2026-11-27 16:41

2332

 सुर्तीजन्य पदार्थ तथा मदिराजन्य वस्तुको नियमन र नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोगलाई नियन्त्रण गर्न कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नियन्त्रणमा चुनौती थपिएको हो । जिल्ला प्रशासन कार्यालय रोल्पामा स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा भएको समन्वय बैठकका क्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । बैठकमा सहभागीले सुर्तीजन्य पदार्थ तथा मदिराको खुला बिक्रीवितरण, प्रयोग र यसको सामाजिक तथा स्वास्थ्य क्षेत्रमा परेको असरबारे चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सबै पक्षबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको औँल्याएका थिए । 

सुर्तीजन्य पदार्थ तथा मदिराजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा मात्रै नभई पारिवारिक, सामाजिक र आर्थिक क्षेत्रमा समेत नकारात्मक असर पारिरहेको छ । विशेष गरी युवापुस्ता तथा किशोरकिशोरीमा यसको प्रयोग बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सुर्तीजन्य पदार्थ तथा मदिराजन्य वस्तुको बिक्रीवितरणलाई व्यवस्थित बनाउने, सार्वजनिकस्थलमा यसको प्रयोग रोक्ने, कानुनले निषेध गरेका स्थान तथा उमेर समूहमा बिक्रीवितरण हुन नदिने र नियम उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउने जस्ता विषय प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने विषय चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख माधव राउतले बताउनुभयो ।

नेपालमा करिब २७ हजार १३७ जना अर्थात् कुल मृत्युको १५ प्रतिशत मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको उहाँले बताउनुभयो । सुर्तीजन्य पदार्थको सेवनका कारण हुने मुटुसम्बन्धी रोगका कारण २८ प्रतिशत मानिसको मृत्यु हुने गरेको उहाँले बताउनुभयो । त्यसै गरी विश्वको सन्दर्भमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारण, सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको महामारीबाट हरेक वर्ष मृत्यु हुने ८० लाखमध्ये करिब १२ लाख जतिले धूमपान सेवन नगरे पनि अरूले गरेको धूमपानको धुवाँका कारणले मृत्यु हुने गरेको उहाँले बताउनुभयो । 

कानुन र नीति निर्माण हुनु मात्रै पर्याप्त नहुने भन्दै त्यसको कार्यान्वयनमा सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी