नेभिगेसन मेनु

ट्रकले किच्दा महिलाको मृत्यु
समय:2026-11-27 16:03

dead-body

 मकवानपुरको हेटौँडामा ट्रकले किच्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते हुनुभएको छ । बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका –४ कर्रास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा हेटौँडा –४ श्रमिक टोल निवासी ६४ वर्षीया लक्ष्मीदेवी पाठकको मृत्यु भएको हो ।

पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बा. प्र.०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल कर्रास्थित आफ्नै घरतर्फ मोडिने क्रममा अनियन्त्रित भइ सडकमा लडेको थियो । सोही क्रममा विपरित दिशाबाट कर्रातर्फ जाँदै गरेको ना. ८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकको बायाँतर्फको पछाडिको चक्काले मोटरसाइकलमा सवार पाठकलाई किचेको प्रहरीले जनाएको छ ।

ट्रकले किच्दा गम्भीर घाइते हुनुभएकी पाठकलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगेको थियो । उपचारको क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका छन् । दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ७० वर्षीय श्यामप्रसाद पाठकको दाहिने खुट्टामा चोट लागेको छ । उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने ४४ वर्षीय मनराज थोकर हुन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी