नेभिगेसन मेनु

प्रदेश अस्पताल गोरखामा आईसियू सेवा सुरु
समय:2026-11-27 16:30

gorkha_hospital

 प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष (आईसियू) सेवा सञ्चालनमा आएको छ । जटिल प्रकृतिका बिरामीलाई अस्पतालमै राखेर नियमित उपचार तथा निगरानी गर्न सहज बनाउने उद्देश्यले बिहीबारदेखि मेडिसिन आइसीयू सेवा सुरु गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले जानकारी दिनुभयो ।

‘‘यसअघि अस्पतालमा सर्जिकल आईसियू सेवामात्र सञ्चालनमा थियो,’’ उहाँले भन्नुभयो, ‘‘अबदेखि भने जटिल प्रकारका बिरामीको उपचारका लागि मेडिसिन आईसियू सञ्चालनमा ल्याइएको छ ।’’

आईसियू सेवा सञ्चालनमा आएसँगै जटिल प्रकृतिका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता हटेको डा. अधिकारीको भनाइ छ । तत्कालका लागि अस्पतालमा पाँच शैयाबाट आईसियु सेवा सुरु गरिएको हो । ‘‘सेवा सञ्चालनमा आएसँगै गोरखा जिल्लाभित्रका नागरिकलाई उपचारका लागि थप सहज हुनेछ,’’ उहाँले भन्नुभयो ।

‘‘जिल्लाभित्र आईसियू नहुँदा जटिल बिरामीलाई भरतपुर, काठमाडौँलगायतका ठाउँमा रिफर गर्नुपर्ने बाध्यता थियो,’’ डा. अधिकारीले भन्नुभयो, ‘‘यसबाट बिरामीलाई मात्र होइन, बिरामीका आफन्तहरूले समेत समय, खर्च व्यवस्थापनमा कठिनाइ भोग्नुपरेको थियो । अब सहज भएको छ ।’’

अस्पतालले सञ्चालनमा ल्याएको आईसियू सेवाबाट निमोनिया, टाउकोको शल्यक्रियालगायत जटिल स्वास्थ्य समस्या भएका बिरामीले पनि विशेषज्ञ चिकित्सकबाट उपचार सेवा लिन सक्नेछन् । न्यूरोसर्जनमार्फत उपचार गर्ने बिरामीलाई पनि थप सहज हुने उहाँले बताउनुभयो  ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी