नेभिगेसन मेनु

नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण
समय:2026-11-27 16:11

ec366f6e-ddf2-40c4-881c-8596287029b1

चीनको चोङछिङबाट प्राप्त कृषि प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको परीक्षण खेती सफल भएको छ । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) परिसरमा रहेको चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा गरिएको परीक्षण खेतीमा प्रतिहेक्टर ६ दशमलव ८६० मेट्रिक टन धान उत्पादन भएको हो ।

नेपाल र चीनका कृषि वैज्ञानिकको संयुक्त अनुसन्धान तथा प्राविधिक प्रयासबाट प्राप्त यस उपलब्धिलाई दुई देशबीचको कृषि सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

c5704697-ef18-49fa-8c6f-f3918d029432

मङ्सिर ९ गते बुधबार आयोजित धान काट्ने कार्यक्रममा चीनको चोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका उपाध्यक्ष तान पिङ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. ऋषिराम कट्टेल, रजिस्ट्रार प्राध्यापक सुन्दर तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति मिनी माधव खनाल, नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि यु पेङचेङ, चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी देशीय निर्देशक जोउ झिच्याङलगायत कृषि वैज्ञानिक, परियोजना प्रतिनिधि र स्थानीय किसान सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा चोङछिङ एकेडेमीका निर्देशक तथा धानविज्ञ वाङ छियानले परीक्षण खेतीमा प्रतिहेक्टर छ हजार ८६० किलोग्राम धान उत्पादन भएको घोषणा गर्नुभएको थियो । करिब आठ सय दिनभन्दा बढी समयको अनुसन्धान, परीक्षण र नियमित अनुगमनपछि प्राप्त नतिजाले नेपालको कृषि अनुसन्धानमा नयाँ सम्भावना देखाएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। कट्टेलले बताउनुभयो ।

उहाँले चिनियाँ विज्ञले नेपालमै आएर नेपाली वैज्ञानिकसँग ज्ञान, सीप र प्रविधि आदानप्रदान गर्नुभएकोमा धन्यवाद दिँदै यस उपलब्धिले भविष्यमा संयुक्त अनुसन्धान र कृषि प्रविधि विस्तारका लागि अवसर सिर्जना गरेको उल्लेख गर्नुभयो ।

46346b02-8d73-47d0-9c57-c515106e91c6

चोङछिङ एकेडेमीका उपाध्यक्ष तान पिङले नेपाली र चिनियाँ वैज्ञानिकबीचको सहकार्य, समर्पण र प्राविधिक चुनौती समाधान गर्ने साझा प्रयासले परियोजना सफल भएको बताउनुभयो । सन् २०२३ जुलाईमा सुरु भएको ‘लाइटिङ अप द फ्युचर, भाइब्रेन्ट काउन्ट्रिसाइड’ परियोजनाअन्तर्गत नेपालमा धान खेती, भैँसीपालन र तरकारी उत्पादनका तीन कृषि प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएको छ ।

कार्यक्रमपछि चिनियाँ प्रतिनिधिमण्डलले विश्वविद्यालयका प्रयोगशाला, अनुसन्धान तथा प्रदर्शन क्षेत्रको अवलोकन गर्दै हाइब्रिड धान अनुसन्धान र तोरी खेतीमा थप सहकार्यका विषयमा छलफलसमेत गरेको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी