नेभिगेसन मेनु

अवैध गाँजाखेती नष्ट
समय:2026-11-27 16:02

image_50460161

बागमती प्रदेशका मकवानपुर, धादिङ र सिन्धुलीमा प्रहरीले आठ बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद धमलाका अनुसार मङ्सिर १ देखि ८ गतेसम्म मकवानपुरमा पाँच बिघा, धादिङमा दुई बिघा १२ कट्ठा र सिन्धुलीमा १३ कट्ठामा लगाइएको गाँजाखेती फडानी गरिएको हो । 

लागुऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अनुसार चाडपर्वपछि लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिइएको प्रवक्ता धमलाले बताउनुभयो । गाँजा फडानी गर्न तीन जिल्लामा ९५ जना प्रहरी परिचालन भएका थिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी