नेभिगेसन मेनु

पन्तको पुस्तक ‘राणा’ लोकार्पण
समय:2026-11-27 17:39

book-bimochan

 इतिहासकार महेशराज पन्त आफ्नो २२ औँ पुस्तक ‘राणाः काल, कर्ता र किताब’ को सार्वजनिक गर्नुभएको छ । इतिहासकार दिनेशराज पन्तले दाजुको किताब ‘राणाः काल, कर्ता र किताब’ को समीक्षा गर्नुभएको थियो । दाजुभाइबिच रमाइलोमा धेरै रोचक र ज्ञानवर्धक संवाद भएको थियो । 

लेखक महेशराज पन्तले आफ्ना बुवाले कुहिनोले पहाड फोड्ने प्रयास गरेको बताउनुभयो । बुवाले त्यतिबेला चलिरहेको पढाइको आलोचना गर्दै आफैँ उदाहरणका रूपमा प्रस्तुत भएको बताउनुभयो । लेखक पन्तले भन्नुभयो, “मैले यस किताबमा राणा कालखण्ड वरिपरि लेखेका २२ वटा शोधलेख सङ्गृहीत गरेको छु । पत्रपत्रिकामा छापिएका भए पनि प्रशस्त परिष्कार र परिमार्जन गरेको छु ।”

पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भन्नुभयो, “महेशराज पन्तले पूर्णिमा जर्नल सम्पादन गर्न थालेको ६३ वर्ष भयो । अहिले पनि उहाँ एक्लैले पूर्णिमा बचाइरहनुभएको छ । उहाँ जस्तो विशिष्ट इतिहासकारको पुस्तक प्रकाशन गर्न पाउनु गौरवको कुरा हो ।” लेखक पन्तले आफ्नो पुस्तक इतिहासकारद्वय दिनेशराज पन्त र प्रत्युष वन्तलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । उहाँका २२ वटा शोध पुस्तक र आठ सय जति अनुसन्धानमूलक लेख प्रकाशित छन् ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी