नेभिगेसन मेनु

वडा कार्यालयको नयाँ भवनबाट सेवा
समय:2026-11-20 17:40

IMG--wodaa

भोजपुरको साल्पासिलिछो गाउँपालिका –४ खाटाम्माको नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै नवनिर्मित भवनबाट सेवा सुचारु भएको छ ।  

विगत लामो समयदेखि पुरानो तथा कच्चा जस्तापाता, झ्याल, ढोका, भत्किएको भित्ता लगायत जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयले नयाँ वडा कार्यालय भवन निर्माण गरी नवनिर्मित भवनबाट सेवा सुचारु गरेको हो ।

स्थानीय कृष्ण गिरी, सिलामाया राई र रामबहादुर राईले निःशुल्क रुपमा प्रदान गरेको साढे पाँच रोपनी जग्गामा कुल १ करोड १० लाख लागतमा ३ तले भवन निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवाहरू नयाँ भवनबाट प्रदान गर्न थालिएको वडासचिव नवीनकुमार यादवले बताउनुभयो । 

उहाँका अनुसार नवनिर्मित भवनबाट वडाको प्रशासनिक सेवा, प्राविधिक सेवा, कृषि, पशु, स्वास्थ्य लगायत वडा कार्यालयबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू सुचारु गरिएको छ । 

वडा कार्यालयको नयाँ भवन निर्माण भएसँगै विगत लामो समयदेखि जीर्ण वडा कार्यालय भवनबाट सञ्चालित सेवाहरू नयाँ वडा कार्यालय भवनबाट सुचारु गरेको वडाध्यक्ष सञ्जय राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो जीर्ण कार्यालय भवनबाट सेवा प्रवाह गर्न समस्या भएपछि मेरो नेतृत्वमा पालिकामा प्रस्ताव पेस ग¥यो, विभिन्न समस्याका बाबजुद समयमै भवन निर्माण सम्पन्न गरी सेवा सुचारु गरेका छौँ ।” 

निकै जीर्ण अवस्थामा रहेको वडा कार्यालय भवन हाल नव निर्माण हुँदा खुसी व्यक्त गर्दै स्थानीय रामबहादुर राईले वडा अध्यक्ष सञ्जय राईको नेतृत्वमा वडामा भएका कामहरूको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘वडाध्यक्ष सञ्जय राईको नेतृत्वमा वडा कार्यालय भवनसँगै वडामा कृषि सडक, खानेपानी, विद्युत् लगायत विकासका पूर्वाधारमा आमूल परिवर्तन भइरहेको छ ।”

सङ्घीयता पश्चात् गाउँ–गाउँमा सिंहदरबार भन्ने गरेता पनि दुर्गम क्षेत्रका कतिपय स्थानीय तहमा आफ्नै प्रशासनिक संरचनाहरू नहुँदा प्रभावकारी सेवा प्रवाहमा समस्या हुँदैआएको अवस्थामा खाटाम्मा जस्तो दुर्गम क्षेत्रको वडाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्नु एउटा उदाहरणीय काम हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी