नेभिगेसन मेनु

धरान फिल्म फेस्टिभलमा चलचित्र आवेदन खुला
सम्पादक:南亚网络电视
समय:2026-11-18 14:09

CALL-FOR-FILM-SUBMISSIONS-(1).jpg

धरानमा पहिलो पटक आयोजना हुन लागेको धरान फिल्म फेस्टिभलका लागि चलचित्र आवेदन खुला गरिएको छ । आयोजकले मङ्गलबारदेखि चलचित्र पठाउन सकिने गरी अनलाइन आवेदन फाराम सार्वजनिक गरेको हो ।

बीपीफोर इन्टरटेन्मेन्टको आयोजनामा हुने फेस्टिभलमा सहभागी भई आफ्ना चलचित्र प्रदर्शन गर्न चाहने निर्माताले आवेदन दिन सक्नेछन् । फेस्टिभलका लागि ४० मिनेटसम्मका फिचर चलचित्र, लघु चलचित्र, वृत्तचित्रलगायत विभिन्न विधाका चलचित्रको आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।

आयोजकले फेस्टिभलको आधिकारिक फेसबुक पेजमार्फत क्यूआर कोड र आवेदन लिङ्क सार्वजनिक गरेको छ ।

फेस्टिभलको आधिकारिक वेबसाइट धरान फिल्म फेस्टिभल डट ओआरजी तथा इभेन्ट व्यवस्थापक इभेन्टलयको वेबसाइटमार्फत पनि चलचित्र पठाउन सकिने फेस्टिभलका निर्देशक तथा आयोजक संस्थाका सञ्चालक विनोद विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अनलाइन आवेदन फाराम मङ्सिर १० गतेसम्म मात्र खुला रहनेछ ।

महोत्सव आगामी मङ्सिर २७ र २८ गते आयोजना हुनेछ । महोत्सवमा छनोट भएका चलचित्र प्रदर्शनसँगै कार्यशाला तथा मास्टरक्लास, चलचित्र पत्रकार र कलाकारबिच अन्तरक्रिया, चलचित्र पर्यटनसम्बन्धी प्यानल छलफल, विशेष चलचित्र प्रदर्शन, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा सांस्कृतिक प्रदर्शनीलगायत कार्यक्रम समावेश गरिने निर्देशक विश्वकर्माले बताउनुभयो ।

फेस्टिभलको आधिकारिक वेबसाइट र इभेन्टलयमार्फत महोत्सवका विभिन्न कार्यक्रम तथा विधामा सहभागी हुन आवश्यक दर्ता फारामसमेत खुला गरिने आयोजकले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी