नेभिगेसन मेनु

दुर्घटनामा घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु
समय:2026-11-19 18:43

death-1

झापाको अर्जुनधारा नगरपालिका –७ पिपल चोकमा  बाटोको बम्पर (स्पिड ब्रेकर) मा मोटरसाइकल ठोक्किएर उछिट्टिदा माटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

गत कात्तिक २९ गते राति १०ः४० बजे अर्जुनधारा वडा ७ पिपल चोकस्थित शनिश्चरे– मिलडाँडा पक्की सडक खण्डमा शनिश्चरेबाट मिलडाँडातर्फ जाँदै गरेको बा ९६ प १३२९ नम्बरको मोटरसाइकलले सोही ठाउँमा रहेको बम्परमा ब्रेक लगाउने क्रममा मोटरसाइकलमा पछाडि सवार युवक उछिट्टिएर घाइते हुनुभएको थियो ।  

मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा वडा नं. ५ बस्ने २७ वर्षीय सन्त राई मोटरसाइकलबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । टाउको र हात–खुट्टामा चोट लागेका राईलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएको थियो । 

मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय सञ्जय बिक उपचारमा संलग्न रहेका थिए । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको थियो । उपचारको क्रममा घाइते सन्त राईको बुधवार साँझ ७ः३० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल चालक वि.क.लाई पक्राउ गरी प्रहरी चौकी शनिश्चरेका प्रहरी वरिष्ठ नायव निरीक्षक हिमाल पोखरेलको कमाण्डको टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ । 

झापाको विभिन्न स्थानहरुमा स्कुल, कलेज, अस्पताल लगायातको स्थानमा सवारीको गतिलाई नियन्त्रण गर्न स्पीड ब्रेकर राख्ने गरिएको छ । खासमा रातको समयमा स्पीड ब्रेकर सडक दुर्घटनाको कारक बन्दै गइरहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी