नेभिगेसन मेनु

धादिङ दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
समय:2026-11-20 15:42

sena-helicopter

धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा घाइते भएका मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत ६ जना घाइतेलाई काठमाडौं ल्याइएको हो ।

दुर्घटनामा परी रुबीभ्याली गाउँपालिका–४ की ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । जिपमा १० जना सवार थिए ।

आज बिहान करिब १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय मेडिकल पुर्‍याइएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी