
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।
प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहको नेतृत्वमा ३५ सदस्यीय नेपाली प्रतिनिमण्डल भर्खर नेपाली ध्वजावाहक विमानमार्फत भारत प्रस्थान गर्नु भएको हो । उहाँलाई कार्यबाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरूङ, रास्वपाका प्रवक्ता जगदीश खरेल लगायत उच्च पदस्थ अधिकारीले त्रिभुवन विमानस्थलमा विदाई गर्नुभयो । भ्रमण फलदायी रहोस भनेर उहाँहरूले प्रधानमन्त्री शाहलाई शुभकामना दिनुभयो ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री लगायत रहनु भएको छ । भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्वागतको भव्य तयारी गरिएको छ । भारतको दिल्ली गेट, हैदरावाद हाउस, ताज होटल आसपास दुई देशका प्रधानमन्त्रीको तस्बिर तथा नेपाली झण्डा फहराईएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।


















