नेभिगेसन मेनु

माया गुरुङ साङ्गितिक साँझ हुने
सम्पादक:南亚网络电视
समय:2026-07-28 12:33

 

 Maya-gurung-sangitik-sanj-hune

काठमाडौँ, साउन  १२ गते । लोकगायिका माया गुरुङ (देवीमाया थापा गुरुङ) को सम्मानमा ‘माया गुरुङ साङ्गितिक साँझ’ हुने भएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते ‘माया गुरुङ साङ्गितिक साँझ’ कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रमबारे आयोजकले बेँसीसहरमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरेको हो । 

लोकगायिका माया गुरुङको चार दशकभन्दा लामो साङ्गितिक योगदानको सम्मान गर्दै आयोजना गर्न लागिएको कार्यक्रमबाट कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य राखिएको प्रतिष्ठानले जनाएको छ । 

बेँसीशहर नगरपालिका –८ स्थित फूलबारी मञ्चमा अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारको प्रस्तुति रहनेछ । 

प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङले नेपाली लोकसंगीतका अग्रज कलाकारको सम्मानसँगै कलाकारको सामाजिक सुरक्षालाई संस्थागत गर्ने उद्देश्यले साङ्गितिक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रम संयोजक अनुज अधिकारीले मौलिक नेपाली लोकभाकाको संरक्षण र प्रवर्धनसँगै अग्रज कलाकारप्रति साङ्गितिक साँझ फलदायी हुने बताउनुभयो ।

बेँसीसहर नगरपालिका–५, नाल्मामा जन्मिनुभएकी माया गुरुङ नेपाली लोकसंगीतको मौलिक पहिचान स्थापित गर्ने अग्रज गायिकामध्ये एक हुनुहुन्छ । बाल्यकालदेखि नै गुरुङ समुदायको रोधी, मेलापात, विवाह, पूजापर्व र गाउँघरमा गुञ्जिने लोकभाकासँग हुर्किउनुभएकी उहाँले औपचारिक संगीत शिक्षा नलिए पनि गाउँकै सांस्कृतिक परिवेशलाई आफ्नो संगीत विद्यालय बनाउनुभयो । 

करिब १२ वर्षको उमेरदेखि सार्वजनिक रूपमा गीत गाउन थाल्नुभएको उहाँले वि.सं. २०४० सालदेखि व्यावसायिक रूपमा लोकसंगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर