नेभिगेसन मेनु

सिल्क रोडका कथाहरूको वर्णन गर्दै तुनह्वाङ- नेपाल कन्फ्युसियस इन्स्टिच्युट अनलाइन सांस्कृतिक आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न
सम्पादक:南亚网络电视
लेखक:Manoj Neupane
समय:2025-08-14 12:35


IMG_1495

एस् ए टी भी २९ साउन,२०८२, काठमाडौंः २८ साउनमा हिमालपारिको सांस्कृतिक संवाद “तुनह्वाङ –नेपाल कन्फुसियस इन्स्टिच्युट” अनलाइन सांस्कृतिक आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ जसमा चीन र नेपालको सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संलग्न ६० भन्दा बढी विज्ञ तथा विद्वानहरू अनलाइन भेला भई, सिल्क रोडको सभ्यताको रहस्यबारे संयुक्त रुपमा छलफल गरेका थिए।

IMG_1576

यस कार्यक्रमको आयोजना तुनह्वाङ सांस्कृतिक अन्तर्राष्ट्रिय सञ्चार केन्द्रले गरेको थियो भने, दक्षिण एशिया नेटवर्क टिभी, तुनह्वाङ एकीकृत सञ्चार केन्द्र, र तुनह्वाङ याङ्गग्वान संग्रहालयले सह–आयोजना गरेका थिए। “सिल्क रोडका दुई द्वारको कथा” भन्ने विषयवस्तुमा आधारित, विशेष व्याख्यानमार्फत नेपाली दर्शकहरूलाई तुनह्वाङको इतिहास, संस्कृतिका साथै याङ्गग्वान र युमेन्ग्वानका हजारौं वर्ष पुराना कथाहरूको गहिरो परिचय दिइयो।

IMG_1417

चीनतर्फबाट, चिनियाँ कम्युनिष्ट पार्टी तुनह्वाङ नगर समिति प्रचार विभागका उप–मन्त्री ई लोंङ, तुनह्वाङ एकीकृत सञ्चार केन्द्रका उप–निर्देशक याङ छङली सहभागी भए्का थिए भने नेपालका तर्फबाट विभिन्न कन्फ्युसियस इन्स्टिच्युटका निर्देशकहरू लगायतका ६० भन्दा बढी व्यक्तित्वहरूको उपस्थिती रहेको थियो। उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण दक्षिण एसिया नेटवर्क टेलिभिजनले गरेको थियो।

IMG_1425

कार्यक्रममा औपचारिकता पूरा गर्दै दक्षिण एसिया नेटवर्क टेलिभिजनकी प्रमुख कार्यकारी अधिकृत रमिला गौतमले आफ्नो संस्था चीन र नेपाल बिच सांस्कृतिक आदानप्रदानको सेतु बन्न प्रतिबद्ध रहेको बताइन्। उनले यो कार्यक्रम दुई देशबिच जनस्तरीय सम्बन्ध निर्माणमा एक महत्त्वपूर्ण कोशेढुङ्गा हुनेमा आशा व्यक्त पनि गरिन्। साथै तुनह्वाङ सांस्कृतिक अन्तर्राष्ट्रिय सञ्चार केन्द्रका ली फेइले भौगोलिक दुरीलाई नाघेर भावनात्मक सम्बन्धको नयाँ अध्याय कोरिएको बताए।

IMG_1449

मुख्य वक्ताको रूपमा रहेकी तुनह्वाङ याङ्गग्वान संग्रहालयकी उप–संचालिका वु फेङ्पिङले ६० मिनेटको रोचक व्याख्यानमार्फत याङ्गग्वान र युमेन्ग्वानको ऐतिहासिक विकास र सांस्कृतिक महत्वबारे समय र स्थान पार गर्दै सहभागीहरूलाई पनि सुनेोलो यात्रा गराइन्। सीमा चौकीको स्थापना देखि सैनिक सुरक्षा, व्यापारीक यात्रादेखि सांस्कृतिक आदान–प्रदानसम्मका विषयमा उनले जीवन्त उदाहरण र दुर्लभ तस्वीरमार्फत सिल्क रोडको गौरवमयी अध्याय पुनः प्रस्तुत गरिन्।

IMG_1533

नेपाल बाट सहभागीहरूले आफुलाई लागेका जिज्ञासा राख्दै त्यसको उत्तर वक्ता वुले दिने सिलसिला पनि कार्यक्रममा चलेको थियो। उनिहरूको प्रश्नोत्तरले कार्यक्रमको माहौललाई अझै उत्कृष्ट र गुन्जायमान बनायो।

Weixin Image_20250813034921

समग्रमा नेपाल तथा चीनबिच आपसी समझदारी तथा जनस्तरीय सम्बन्धको दिगोपन जोगाइ राख्न यस कार्यक्रमले उल्लेख्य भूमिका खेलेको कार्यक्रमका सहभागीले जनाए। उनिहरूले यस्ता किसिमका कार्यक्रम आगामी दीनमा भैराख्नु पर्ने मत पनि राखेका थिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर