नेभिगेसन मेनु

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखीकरण तालिम
सम्पादक:南亚网络电视
समय:2025-07-27 12:55


IMG_4786

एस् ए टी भी ११ साउन २०८२, काठमाडौँः लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करियर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२को परिक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमूखिकरण तालिम दिएको हो ।

IMG_4827

विद्यार्थीहरुलाई ‘प्लस टु’ पछि भविष्यमा के गर्दा राम्रो हुन्छ ? अध्ययन गर्नको लागि कुन विषय छनौट गर्दा राम्रो हुन्छ ? आफूमा भएको क्षमतालाई कसरी निखार्दै लैजाने ? भन्ने विषयमा परामर्श दिनको लागि उक्त कार्यक्रम आयोजना गरेको हो ।

यसका साथै सेयर बजार, स्वस्थ खानपान, एआई, च्याट जिपिटि, फ्रिलान्सिङ, इन्टेरियर डिजाइनलगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञद्वारा तालिम पनि दिएको थियो । शनिबार काठमाडौंमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

IMG_5119

उक्त कार्यक्रममा सहभागी विद्यार्थीले धेरै नयाँ कुरा सिक्न पाउँदा खुसी व्यक्त गरेका थिए । ‘कार्यक्रममा दिइएको तालिम एकदम राम्रो छ । मैले धेरै कुरा सिक्न पाए । अब १२ को रिजल्ट आएपछि मैले आफूलाई मनमा लागेको र मेरो लागि राम्रो हुने विषय छानेर पढ्छु । यस्तै कार्यक्रम भयो भने म फेरी पनि आउनेछु।’ कार्यक्रममा आएका एक विद्यार्थीले आफ्नो अनुभव सुनाए ।

sauharda

कार्यक्रम सोचेको भन्दा राम्रो र उपलब्धीमूलक भएको भन्दै उपस्थित विद्यार्थीको नाममा छिट्टै वृक्षरोपण पनि गर्ने लियो क्लब अफ काठमाडौं सौहार्दले प्रतिवद्धता जनाएको छ । साथै, काठमाडौं इन्टरनेशनल कलेजका सिइओ प्रताप राज जोशीले विद्यार्थीलाई आफूलाई रुची भएको विषय छानेर पढ्नको लागि प्रोत्साहन गरेका छन् । ‘विदेशमा जस्तै विभिन्न विद्यामा नेपालमा पनि पढ्न पाइन्छ । यही पढेर पनि सफल व्यक्ति बन्न सकिन्छ । विदेश नै जानुपर्छ भन्ने जरुरी छैन । पढ्दा चाहिँ आफूलाई रुची भएको विषय छानेर बढ्नुपर्छ र त्यसमा धेरै भन्दा धेरै मिहिनेत गर्यो भने अवश्य सफल भइन्छ ।’ भन्दै सिइओ जोशीले विद्यार्थीमा थप प्रेरणा र उत्साह भरेका छन् । विद्यार्थी अभिमूखीकरण कार्यक्रम एकदमै उपलब्धीमूलक हुने भएकाले समय समयमा यस्ता कार्यक्रम गर्नुपर्ने र त्यसमा कलेज प्रशासनले पनि सक्दो सहयोग गर्ने उनले बताए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर