नेभिगेसन मेनु

डेनमार्कलाई हराउँदै जर्मनी क्वार्टरफाइनल प्रवेश, साविक विजेता इटाली घर फर्कियो
सम्पादक:南亚网络电视
समय:2024-06-30 11:28

WeChat截图_20240630091300

काठमाडौं । डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो । घरेलु टोली जर्मनीको जीतमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे ।

साविक विजेता इटाली भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ ।

स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै इटाली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

गत संस्करणमा स्विट्जरल्यान्डले तत्कालीन विश्वविजेता फ्रान्सलाई हराएर अन्तिम १६ बाटै घर फर्काएको थियो ।

यस पटक पनि स्विट्जरल्यान्डले साविक विजेता इटालीलाई घर फर्काइदिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर