नेभिगेसन मेनु

नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, नेपालको सुपर आठ सम्भावना कायम
सम्पादक:南亚网络电视
समय:2024-06-12 11:47

Aa-011

जेठ ३० गते । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्ध भएको छ ।

फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहानका लागि तय भएको खेल लगातार भारी वर्षाका कारण रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलङ्काले एक एक अङ्क बाँडेका छन् ।

नेपालसँगको खेल रद्ध भएसँगै सन् २०१४ को विजेता श्रीलङ्का जारी विश्वकपबाट बाहिरिएको छ । यस नतिजाले समूहमा पहिलो अङ्क बनाएको नेपालको सुपर आठमा पुग्ने सम्भावना कायम छ ।

समूह ‘डी’ मा अहिले लगातार तीन जित निकालेको दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । अब नेपाल, नेदरल्यान्ड्स र बङ्गलादेशमध्ये एक टोलीले सुपर आठमा स्थान बनाउनेछ ।

नेपालले अब समूहको तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा अन्तिम खेल खेल्नेछ । नेपाल समूहको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । 

खेल रद्ध भएपछि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाललाई एक अङ्कभन्दा पनि खेल खेल्न पाउनु जरुरी रहेको बताउनुभयो । 

‘‘हामी खेलेरै दुई अङ्क ल्याउन उत्साहित थियौँ । तर वर्षा वाधक भएपछि त्यो सम्भव भएन । अब सेन्ट भिन्सेन्टमा हामी राम्रो गर्नेछौँ । त्यहाँको पिट स्पिन बलिङलाई सहयोगी हुनेछ । सन्दीप लामिछानेको आगमनले पनि टोलीको स्पिनर आक्रमण बलियो हुनेछ,’’ मोन्टीले भन्नुभयो । 

यस्तै श्रीलङ्काका बलर महेश तिक्षणाले हामीले अघिल्ला दुई खेलमा राम्रो गर्न नसक्दा विश्वकपबाट बाहिरिन परेको बताउनुभयो । ‘‘आज खेल भएन । मौसम हाम्रो नियन्त्रणबाट बाहिर थिएन । तर श्रीलङ्काले यस विश्वकपबाट धेरै सुधार गर्नुपर्ने अवस्था देखिएको छ,’’ तिक्षणाले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर