नेभिगेसन मेनु

युरो- २०२४ : डेनमार्कले रोक्यो इंग्ल्यान्डलाई
सम्पादक:南亚网络电视
समय:2024-06-21 18:35

eng2024-06-21-07-29-30

डेनमार्कले साबिक उपविजेता इंग्ल्यान्डलाई युरो- २०२४ मा १–१ को बराबरीमा रोक्न सफल भएको छ । समूह ‘सी’अन्तर्गत बिहीबार भएको खेलमा डेनमार्क र इंग्ल्यान्डले समान १ अंक बटुलेका छन् । इंग्ल्यान्डले दुई खेलबाट ४ अंक जोडेको छ ।

डेनमार्कले दुई खेलबाट २ अंक हात पारेको छ । डेनमार्कलाई हराउँदा इंग्ल्यान्ड नकआउट चरणमा पुग्ने थियो । अब मंगलबार इंग्ल्यान्डले स्लोभेनियाविरुद्ध अन्तिम खेल खेल्नेछ । खेलको १८औँ मिनेटमा इंग्ल्यान्डले १–० को अग्रता लिएको थियो ।

कप्तान ह्यारी केनले डिबक्सभित्र उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । इंग्ल्यान्डको अग्रता धेरै बेर टिकेन । खेलको ३४औँ मिनेटमा डेनमार्क बराबरी गोल फर्काउन सफल भयो । जुमलान्डले क्रिस्टियनको सटीक पासमा गोल गर्दै डेनमार्कलाई बराबरीमा पुर्‍याएका हुन् । 

सर्बिया र स्लोभेनियाबीचको खेल बराबरी
समूह ‘सी’मै सर्बियाले अन्तिम समयमा गोल गर्दै स्लोभेनियालाई १–१ को बराबरीमा रोकेको छ । खेलको ६९औँ मिनेटमा जान कार्निचनिकले स्लोभेनियालाई १–० को अग्रता दिलाएका थिए । टिमी एल्सनिकको क्रसमा उनले गोल गरेका थिए । खेलको अन्तिम इन्जुरी समयको पाँचाैँ मिनेटमा सर्बियाले बराबरी गोल फर्कायो ।

लुका योभिचले सर्बियालाई १–१ को बराबरीमा पुर्‍याए । उनले इभान इलिचको कर्नरमा हेडिङ गोल गर्दै सर्बियालाई १ अंक दिलाए । बराबरीपछि सर्बियाले २ खेलमा अंक जोड्यो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर