नेभिगेसन मेनु

आजबाट सुपर ८ का खेल: अमेरिका र दक्षिण अफ्रिका भिड्दै
सम्पादक:南亚网络电视
समय:2024-06-19 12:57

1718768288_south_amer-1200x560

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजबाट सुपर ८ का खेल सुरु हुँदैछ।

समूह चरणका खेलहरू सकिए पछि आजबाट सुपर ८ का खेलहरू सुरु हुन लागेका हुन्।

सुपर ८ को पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिकाबीच भिडन्त हुनेछ। अमेरिका र दक्षिण अफ्रिकाबीचको खेल सर विभियन रिचर्ड्स स्टेडियममा राति ८ः१५ बजेबाट सुरु हुनेछ।

एडन मार्करमको कप्तानीमा रहेको दक्षिण अफ्रिका समूह ‘डी’ को विजेता बन्दै सुपर ८ मा पुगेको हो भने मोनाङ्क पटेलको कप्तानीमा रहेको अमेरिका समूह ‘ए’ को उपविजेता बन्दै सुपर ८ मा पुगेको हो।

आजको खेलमा दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्स, एनरिच नोर्ट्ज, ओटनिल बार्टम्यान र डेविड मिलरमाथि सबैको नजर रहने छ भने अमेरिकाका मोनाङ्क पटेल, सौरभ नेत्रवालकर, एन्ड्रिस गोज, स्याडली भेन स्चल्कीमाथि सबैको नजर रहने छ।

सुपर ८ मा समूह ‘ए’ बाट भारत र अमेरिका, समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्ग्ल्यान्ड, समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्गलादेशले स्थान सुरक्षित गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर