नेभिगेसन मेनु

आइसिसी टी–२० विश्वकप २०२४ : डेब्युमै युगान्डाको पहिलो जित
सम्पादक:南亚网络电视
समय:2024-06-07 14:33

uganda2024-06-07-06-23-42

डेब्यु राष्ट्र युगान्डाले विश्वकपमा पहिलो जित निकालेको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत नवौँ खेलमा युगान्डाले पपुवा न्युगिनीलाई तीन विकेटले हरायो । युगान्डाले १० बलअघि नै ऐतिहासिक जित निकालेको हो । पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनी १९.१ ओभरमा ७७ रनको झिनो योगफलमा अलआउट भयो । प्रत्युत्तरमा युगान्डाले १८.२ ओभरमा सात विकेटको क्षतिमा ७८ रन जोड्यो ।

युगान्डाको संघर्षपूर्ण जितमा रिजात अली साहले संयमित ब्याटिङ गर्दै जित दिलाए । उनले ५६ बलको सामना गरी एक चौकाको सहयोगमा सर्वाधिक ३३ रनको योगदान दिए । जुमान मियागीले १६ बलमा १३ रन जोडे । युगान्डाले १५ अतिरिक्त रन पाएको थियो । कमजोर ब्याटिङ प्रदर्शनमा युगान्डाले शीर्ष तीन ब्याट्सम्यान २.१ ओभरमा ६ रनभित्र गुमाएको थियो । अल्पेस रमजानी र दिनेश नकानी चार बलको अन्तरमा आउट हुँदा युगान्डा २६–५ को दयनीय अवस्थामा रह्यो । 

त्यसपछि अली साह र जुमाबीच छैटौँ विकेटका लागि ३५ रनको साझेदारी भयो । नामिबियाका लागि अले नाउ र नोम्र्यान भाआनुले समान दुई विकेट हात पारे । यसअघिको पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले सुरुवाती पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ४८ रन जोडेको थियो । इनिङ्सको दोस्रो बलमै पपुवा न्युगिनीले विकेट गुमाएको थियो । युगान्डाका लागि चार बलरले सामान दुई विकेट हात पारे । 

पपुवा न्युगिनीको ब्याटिङमा लेगा सिकाले १७ बलमा १२ र हिरी हिरीले १९ बलमा १५ रन जोडे । किप्लिनले २० बलमा १२ रन बनाए । उनले इनिङ्समा एक मात्र छक्का प्रहार गरेका थिए । युगान्डाले १३ अतिरिक्त रन दिएको थियो । पपुवा न्युगिनीका आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

अस्ट्रेलिया ३९ रनले विजयी
पूर्वविजेता अस्ट्रेलियाले समूह ‘ए’मा एसोसिएट राष्ट्र ओमानलाई हराउन मिहिनेत गर्नुप¥यो । ब्रिजटाउनमा अनुभवी खेलाडीले भरिएको अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी २० ओभरमा १६४ रन बनायो । प्रत्युत्तरमा ब्याटिङमा संयमित अपनाउन नसक्दा ओमानले नौ विकेटको क्षतिमा १२५ रन जोड्दा अस्ट्रेलिया ३९ रनले विजयी भयो । ओमान लगातार दोस्रो खेलमा पराजित भएको छ । 

पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ५१ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५६ रनको योगदान दिए । दुई साताअघि इन्डियन प्रिमियर लिगमा सहभागी भएका खेलाडी टेभिस हेडले १२ तथा मिचेल मार्सले १४ रन जोडे । टी–२० फम्यार्टका विशेषज्ञ ब्याट्सम्यान ग्लेन म्याक्सवेल सामना गरेको पहिलो बलमै डकआउट भए ।

मार्कोस स्टोनिसले आक्रामक इनिङ्स खेल्दै ३६ बलमा दुई चौका र ६ छक्का प्रहार गरी सर्वाधिक ६७ रन बनाए । बलिङका क्रममा मेहरान खानले ३८ रन खर्चेर दुई विकेट लिए ।  प्रत्युत्तरमा ओमानका लागि आयान खानले ३० बलमा सामान दुई चौका र छक्का प्रहार गरी ३६ रन जोडे । कप्तान अकिब इयासले १८ बलमा दुई चौका र एक छक्का प्रहार गरुी १८ रन जोडे । मेहरान खानले १६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २७ रन बटुले । 

आजको खेल
क्यानडाविरुद्ध आयरल्यान्ड
समय– ८: १५ राति

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर