नेभिगेसन मेनु

समानान्तर गतिविधिमा संलग्नलाई कारबाहीको तयारी
समय:2026-11-27 17:36

congress-(1)

नेपाली कांग्रेसले नागरिकका दैनिक समस्या र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउने भएको छ । पार्टीको आन्तरिक एकता सुदृढ गर्दै समानान्तर गतिविधि सञ्चालन गर्ने समूहलाई रोक्न व्यावहारिक तथा कानुनी प्रक्रिया अघि बढाउने तयारी पनि कांग्रेसले गरेको छ ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मङ्गलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा जनजीविकाका सवाल, समसामयिक राजनीति, पार्टी सङ्गठनको अवस्था र आन्तरिक एकताका विषयमा छलफल भइरहेको छ । बैठक शुक्रबारसम्म जारी रहने जनाइएको छ ।

महामन्त्री डा. डिला सङ्ग्रौलाले बैठकमा अधिकांश केन्द्रीय सदस्यले धारणा राखिसक्नुभएको जानकारी दिनुभयो । बैठकमा महँगी नियन्त्रण, विपत्पीडितको राहत तथा पुनस्र्थापना, भूमिहीन सुकुमवासीको व्यवस्थापन र नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका विषयलाई सदस्यहरूले प्राथमिकताका साथ उठाएका छन् । बैठकमा पार्टीको राजनीतिक गतिविधि नागरिकका दैनिक समस्यासँग जोडिनुपर्ने र जनताका अपेक्षा सम्बोधन गर्न पार्टीले अग्रसरता लिनुपर्ने धारणा बैठकमा व्यक्त भएको छ । 

बैठकमा पार्टीभित्र देखिएका समानान्तर गतिविधिप्रति अधिकांश सदस्यले आपत्ति जनाउँदै त्यसलाई तत्काल रोक्नुपर्ने धारणा राखेको महामन्त्री डा. सङ्ग्रौलाले बताउनुभयो । एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न प्रयोग गरेर फरक समूहले गतिविधि सञ्चालन गर्न नमिल्ने उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधि रोक्न आवश्यक व्यावहारिक तथा कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न अनधिकृत रूपमा अर्को समूहले प्रयोग गर्न मिल्दैन । हामी त्यसलाई रोक्न व्यावहारिक र कानुनी प्रक्रिया अघि बढाउँछौँ, बैठकमा पनि यो विषय निकै गम्भीर रूपमा उठेको छ ।”

उहाँले पार्टी सभापति गगनकुमार थापाले सबैलाई एकताबद्ध हुन आह्वान गरिसक्नुभएको र अब पनि पुरानै गतिविधि अघि बढे कांग्रेसको चुनाव चिह्न प्रयोग गरेर चुनाव जितेका जनप्रतिनिधिमाथि कानुनी प्रक्रिया अघि बढाइने बताउनुभयो । 

पार्टीबाहिर रहेका करिब २० प्रतिशत नेता तथा कार्यकर्तालाई समेत समेटेर एकताबद्ध कांग्रेस निर्माण गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । पार्टी नेतृत्वले एकताका लागि आह्वान गर्दा पनि समानान्तर गतिविधि नरोकिए कानुनी बाटो अपनाउनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । भूमिहीन सुकुमवासीको समस्या समाधान, उचित व्यवस्थापन र जीविकोपार्जनका अवसर सिर्जना गर्ने विषय पनि बैठकको छलफलमा समेटिएको छ । यसै गरी पार्टीको सङ्गठनात्मक सुदृढीकरण, १५ औँ महाधिवेशनपछि पार्टीका गतिविधि, विधानको तल्लो तहसम्म कार्यान्वयन तथा सङ्गठनभित्रका असन्तुष्टि व्यवस्थापनका विषयमा छलफल भइरहेको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी