नेभिगेसन मेनु

साउदी आक्रमणमा नेपालीको मृत्यु भएपछि सरकारद्वारा दुःख व्यक्त
समय:2026-11-27 17:33

foreign-ministry-home

 साउदी अरब अधिराज्यमा हालै भएका आक्रमणहरूमा एक नेपाली नागरिकको दुःखद निधन भएकोमा सरकारले दुख व्यक्त गरेको छ । उक्त घटनाका कारण स्तब्ध बनाएको भएको बिहीबार उल्लेख गर्दै आक्रमणमा परी घाइते भएका अन्य तीनजना नेपाली नागरिकहरूको अवस्थाप्रति सरकारले चिन्ता व्यक्त गरेको छ । 

सरकारकातर्फबट परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै घाइतेहरूमध्ये एक जना निको भइसकेका छन् भने बाँकी दुई जनाको उपचार भइरहेको जनाएको छ । 

साथै, शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना सरकारले गरेको छ । 

साथै, कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारहरूलाई आपसी द्वन्द्व र युद्धको निसाना नबनाउन सरकारले अपिल गरेको छ । 

नेपाल अधिकतम संयमता अपनाउन आग्रह गर्दै विवाद तथा द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपायहरू अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई सरकारले आह्वान गरेको छ । मंगलबार साउदीको रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका थिए ।

जसमध्ये एक जना नेपाली नगारिकको मृत्यु भएको जनाइएको छ । मृतकको बारेमा थप जानकारी आउन बाँकी रहेको जनाइएको छ । यसअघि गत महिना पनि यस्तै आक्रमणमा परेर एकजना नेपाली नागरिकको मृत्यु भएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी