नेभिगेसन मेनु

धरहरा क्षेत्रमा निःशुल्क पार्किङ
सम्पादक:南亚网络电视
समय:2026-03-19 12:31

 

 _DSC6568-Cover

काठमाडौँ, चैत ५ गते । काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका लागि निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो ।

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले सरकारले धरहरा क्षेत्रको समग्र व्यवस्थापन तथा पार्किङ सञ्चालनको जिम्मा दिएपछि महानगरले निःशुल्क रूपमा पार्किङ सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । मन्त्रीपरिषद्को गत फागुन ९ गतेको बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने निर्णय गरेको थियो । 

पार्किङमा राखिएका सवारीसाधनको सुरक्षाका लागि नगर प्रहरी बिहान ६ देखि बेलुका ८ बजेसम्म खटिने गरेको बताउँदै उहाँले भन्नुभयो, “सर्वसाधारणले बिहान ८ देखि बेलुका ५ बजेसम्म पार्किङ क्षेत्रमा सवारीसाधन प्रवेश गराउन पाउने व्यवस्था मिलाइएको छ । बेलुका ८ बजेसम्म पार्किङ गर्न पाइन्छ । त्यसपछि 

सवारीसाधन निकाल्नुपर्ने हुन्छ ।” उहाँका अनुसार धरहराको बेसमेन्ट पार्किङमा सात सय दुईपाङ्ग्रे र २६२ चारपाङ्ग्रे सवारीसाधन अटाउन सकिन्छ । चारपाङ्ग्रेका लागि दुई वटा बेसमेन्ट छुट्याइएको छ । एउटामा १२७ र अर्कोमा १३५ वटा सवारीसाधन अटाउँछन् । सवारीसाधनका लागि व्यवस्थापन पूरा भइसकेको बताउँदै उहाँले पार्किङ क्षेत्रमा महानगरले बिजुलीबत्ती, फायर एक्स्टिङ्विग्सर, सिसिटिभी क्यामरा, भेन्टिलेसनलगायतका उपकरण जडान भइसकेको जानकारी दिनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर